Latest News

शिक्षाका लागि दौड

AddThis Social Bookmark Button

फ्लोरिडा,अमेरिका,जनवरी २७ । शिक्षाका लागि दौड भन्ने नाराका साथ यहाँ अबी कट्टेल मेमोरियल फाउण्डेशनले पाँच किलोमिटर दौड कार्यक्रम सम्पन्न गरेको छ । गत शनिवार अर्थात् मार्टिन लुथर किङ जुनियर दिवसको सप्ताहान्तमा फाउण्डेशनले यो कार्यक्रम आयोजना गरेको हो । फाउण्डेशनले विगत ६ वर्षदेखि वार्षिकरुपमा यसरी यस्तो दौडको आयोजना गर्दै आईरहेको छ ।

स्थानीय ओखिली पार्कमा आयोजित यस वर्षको दौडमा ब्रायन माइकल्सन प्रथम भए । उनले २१ मिनेट चार सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । यसैगरी महिलातर्फ करिन मिचेल प्रथम भईन् । उनले २३ मिनेट २३ सेकेण्डमा पाँच किलोमिटर दौड पुरा गरेकी थिइन् । स्वर्गीय अबी कट्टेलका आमाबुवा अर्चना कट्टेल र विजय कट्टेलले आफ्ना छोराको स्मृतिमा स्थापना गरेको फाउण्डेशनले कलेजका विद्यार्थीहरुलाई छात्रवृतिको समेत व्यवस्था गरेको छ । यो शिक्षाका लागि दौड कार्यक्रमबाट संकलन भएको सहयोग राशी फाउण्डेशनको यसै छात्रवृत्ति कोषमा जम्मा गरिने र केही रकम घरविहीनहरुलाई खाना खुवाउन खर्च गरिने फाउण्डेशनका संस्थापक विजय कट्टेलले जानकारी दिएका छन । यसपटकको छैठौं वर्षको दौडसम्म आईपुग्दा कतिपय व्यक्तिहरु सुरुदेखि नै आवद्ध भईरहेको पनि उहाँले जानकारी दिनु भयो । नाफारहित संस्थाको रुपमा सन् २००६ मा स्थापना भएर आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको फाउण्डेशन फ्लोरिडाबाट सञ्चालित छ । "हामी सफल बन्न चाहने हरेक बच्चालाई सहयोग गर्न चाहन्छौं",फाउण्डेशनकी संस्थापिका अर्चना कट्टेलको भनाई छ । दौडको पूर्ण नतिजा र अन्य कृयाकलाप तथा सहयोग गर्न इच्छुक सबैले फाउण्डेशनको वेब साइट www.abikattelfoundation.org  हेर्नुहोला। 

Add comment


Security code
Refresh