अग्नी सापकोटा नेतृत्वमा माओवादी केन्द्रको टोली चीन जाँदै

अग्नी सापकोटा नेतृत्वमा माओवादी केन्द्रको टोली चीन जाँदै


ग्लोब नेपाल
513
Shares

काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटा नेतृत्वकाे टाेली चीन भ्रमणमा जाँने भएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सापकोटाको नेतृत्वमा माओवादी केन्द्रका नेताहरुको टोली शुक्रबार चीन जान लागेको हो ।

भ्रमण दलमा प्रत्येक प्रदेशबाट १/१ जना र जनवर्गिय संगठनका नेताहरु रहने बताइएकाे छ ।

कोरोना संक्रमणपछि लागेको प्रतिबन्ध हटाएपछि नेपाल र चीनबीचका भ्रमणहरु सुरु भएको छ । चीनबाट समेत उच्चस्तरीय भ्रमणको तयारी भइरहेको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार, सापकोटा नेतृत्वको माओवादी केन्द्रको प्रतिनिधिमण्डल चीन जानुको उद्देश्य दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई बलियो बनाउनु हो । भ्रमणका क्रममा सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन विगत केहि समयदेखि उपचारका लागि बेइजिङमै छन् ।