अनेसासको बोर्ड अफ ट्रष्टीको शपथ सम्पन्न

7 महिना अगाडी

भर्जिनिया,अमेरिका,जनवरी ९ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीजको नयाँ कार्य समितिले औपचारिक पदभार ग्रहण गरेको छ । गत आइतवार यहाँ एक कार्यक्रमका बीच शपथ लिएसंगै समितिले पदभार ग्रहण गरेको हो । समाजको बोर्ड अफ ट्रष्टीजको निर्वाचन गत महिना सम्पन्न भएको थियो । नव निर्वाचित ट्रष्टीजको कार्यकाल सन् २०१८ देखि नै गणना गरिएको छ । चार वर्षे ट्रष्टीजको कार्यकाल सन् २०२२ मा सकिनेछ ।
अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीको प्रमूख आतिथ्यमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका तर्फबाट साहित्यकार तीर्थराज पाण्डेयले ट्रष्टीज पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ गराएका थिए । अनेसासको बोर्ड अफ ट्रष्टीजका पदाधिकारीहरु मध्ये अध्यक्ष गीता खत्री,उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्मा,सचिव शिव लामिछाने,पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेती र सदस्य तीर्थराज अधिकारीलाई सपथग्रहण गराईएको थियो  ।
अनेसासको बोर्ड अफ ट्रष्टीमा विश्वका विभिन्न देशका १ जना सदस्य छन् । अनेसासको विधानअनुसार बिओटीले अनेसास केन्द्रीय समितिलाई आवश्यक परामर्श दिनुका साथै केन्द्रका गतिविधिलाई अनुगमनकारी भूमिका निर्वाह गर्ने गर्दछ । अनेसासको विधानअनुसार एक हजार अमेरिकी डलर चुक्ता गरेपछि नेपाली भाषा साहित्यलाई माया गर्ने व्यक्तिले बिओटीको सदस्य बन्न सक्ने व्यवस्था रहेको छ ।
  नेपालबाहिर छरिएका नेपालीहरुका बीच नेपाली भाषा साहित्यको विकास विस्तार गरी नेपाली भाषा साहित्यलाई प्रवासका नेपालीका नयाँ पुस्ताबीच जीवन्त राख्ने भावनाले सन् १९९१ मा होमनाथ सुवेदीको संस्थापक अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा भएको हो । हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter