अष्ट्रेलियामा अभ्यासका क्रममा सैन्य हेलिकोप्टर दुर्घटना, चारजना बेपत्ता

अष्ट्रेलियामा अभ्यासका क्रममा सैन्य हेलिकोप्टर दुर्घटना, चारजना बेपत्ता



ब्रिस्बेन । सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकोप्टर दुर्घटना भएको छ ।

प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार सदस्यको कुनै अत्तोपत्तो नलागेको जनाएको छ ।

क्विन्सल्यान्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकोप्टरका धेरै भग्नावशेष फेलापारेको र चालक दलका सदस्यको खोजी जारी रहेको बताएका छन् ।

क्विन्सल्यान्डमा जारी यस वर्षको संयुक्त राज्य अमेरिका–अष्ट्रेलिया द्विवार्षिक सैन्य अभ्यासमा जापान, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत १३ राष्ट्रका ३० हजारभन्दा बढी सैनिक सहभागी छन् ।

शनिबार राति उक्त दुर्घटना भएपछि अष्ट्रेलियाले जारी संयुक्त अभ्यास स्थगन गरेको छ । एजेन्सी