उपाध्यक्षका देवरको मृत्यु भएपछि गाउँपालिकाले दियो सार्वजनिक बिदा

उपाध्यक्षका देवरको मृत्यु भएपछि गाउँपालिकाले दियो सार्वजनिक बिदा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । उपाध्यक्षका देवरको मृत्यु भएपछि रुपन्देही मर्चवारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष आशा सिंहका देवरको मृत्यु भएपछि गाउँपालिकाले शोक वक्तव्य जारी गरेर बिदा दिएको हो । गाउँपालिका अध्यक्ष गयाप्रसाद बरइद्वारा जारी सूचनामा ‘मृतकप्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिकाका सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जानकारी गराइन्छ’, उल्लेख छ ।