टुँडिखेल नपाएपछि प्रसाईंले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

टुँडिखेल नपाएपछि प्रसाईंले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी हुने दाबी


ग्लोब नेपाल
513
Shares

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा काठमाण्डुको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । प्रसाईँले यसअघि काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्न प्रशासनसँग अनुमतिका लागि निवेदन दिएका थिए ।

तर उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन । उनले भने, ‘टुँडिखेल नेपाली सेनाको होल्डमा रहेछ ।

त्यहाँ सेनाले चिनियाँ टोलीलाई कार्यक्रम गर्न दिएको र खाली नभएकाले प्रसाईंलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिइएको छ ।’ प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्ने जनाएका छन् । साथै उनले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराउने दाबी गर्दै आएका छन् ।