निर्वाचन अधिकृतको कार्यालय २० असोजभित्र स्थापना गरिसक्न आयोगको निर्देशन

निर्वाचन अधिकृतको कार्यालय २० असोजभित्र स्थापना गरिसक्न आयोगको निर्देशन

सहमतिविना निर्वाचन क्षेत्र नछोड्न निर्वाचन अधिकृतहरूलाई निर्देशन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । 

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो । आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ ।

निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ । ‘निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय समेत भएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।