प्रचण्डसंग आधाघण्टा,प्रधानमन्त्रीसंग १५ मिनेट मात्र सीको वार्तालाप

1 महिना अगाडी

काठमाण्डौं,असोज २६ गते । आइतवार विहान नेपाल भ्रमणको दोस्रो दिनमा चिनिया राष्ट्रपति सि जिन पिङले नेकपा सचिवालयका सदस्यलाइ सामुहिक रुपमा भेटे । सचिवालयका ९जना सदस्यको नेतृत्व नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले गरेका थिए । उनीहरुविचको भेटमा राष्ट्रपति सिले मुख्य पाच बुदामा केन्द्रित रहेर कुराकानी गरेको देखिन्छ । यसरी सामुहिक भेट गरेको लगत्तै उनले पुर्वप्रधानमन्त्री तथा केहीवेर अघिसम्म सचिवालय सदस्यको नेतृत्वका गरेका दाहालसंग भेट गरे । अध्यक्ष दाहाललाइ भेटने कुरा निकै प्राथमिकतामा राखेका थिए । अन्य नेतालाइ केहीवेर उठेरै भेटेका सीले अध्यक्ष दाहालसंग भने बसेर लामो कुराकानी गरे । यसअघि दाहालसंग कतिवेर भेटने भन्ने कुरा ठयाक्कै समय किटान गरिएको थिएन । तर,दाहालले पुरा आधा घण्टा सीसंग सम्वाद गरे । भेटपछि दाहालले नेपाल र चिनको विचमा सम्वन्ध सौहार्दपार्ने सवालमा कुरा भएको बताए । तर,सामुहिक भेटमा नै सीले नेपालमा हामी मात्र छैनौं अरु पनि छन भनेर अमेरिका र पश्चिमा शक्ति तर्फ सेकंत गरेका थिए । यता आधा घण्टासम्म प्रचण्डलाइ भेटेका सी नेकपाकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको लागि भने जम्मा १५ मिनेट मात्र समय छुटयाए । हुनत उनीहरुको विचमा समझादारी पत्र निर्माण गर्ने सवालमा अरु केहीवेर वार्तालाप भएको थियो तर एक्लाएक्लै भने उनले जम्मा १५ मिनेट मात्र भेटे ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter