प्रधानमन्त्री ओलीका प्रष्ट दुइ सन्देश

22 दिन अगाडी

प्रकाश गिरी / चीनीया राष्ट्रपति सि जिन पिङ नेपालको भ्रमण सम्पन्न गरेर स्वेदश फर्किए लगत्तै कांग्रेसले गरेको चियापानमा पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले जतिवेला पनि कोल्टो फेर्न सक्छ भने । त्यतिवेलासम्म नेपालमा चीनीया राष्ट्रपति सि जिन पिङको माहौल गरम थियो । उनको भ्रमण र यसले नेपालमा पारेको प्रभावको वारेमा नै सर्वत्र चर्चा भइरहेको थियो । तर,अचानक सत्तारुढ दल कै अध्यक्ष दाहालले विपक्षी दलले आयोजना गरेको चियापान कार्यक्रममा दुरगामी असर पार्ने अभिब्यक्ति दिएपछि अचानक नेपालको राजनीति तरंगीत भयो । कुरा यतिमा मात्र सिमित रहेन,उनले यसपछि हरेक दिनजसो आफनै दल,यसको नेतृत्वमा बनेको सरकारको वारेमा असन्तुष्टि पोख्न थाले । कतिसम्म भने उनले चितवनमा पुगेर अर्को युद्धको कुरासम्म गर्न भ्याए ।
प्रचण्डको यी अभिब्यक्तिले नेकपा भित्रको राजनीतिक माहौल निकै तातेको अनुमान गर्न सकिन्छ । तर कुरा  यतिमा मात्र सिमित रहेन । जब अध्यक्ष दाहालको अभिब्यक्तिलाइ अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जवाफ फर्काए तब अचानक दोहोरी चल्यो । अध्यक्ष दाहालले सार्वजनिक फोरममा वोले भने अर्का अध्यक्ष ओलीले सार्वजनिक सञ्चार माध्याममा निरन्तर वोले ।
दुवै अध्यक्षको बोलीबाट लख काटन सकिन्थ्यो कि नेकपा भित्रको रस्साकस्सी उत्कर्षमा पुगेको छ भनेर । तर,के कारणले भन्ने कुरा चाहि खुलेको थिएन ।
नेकपा कै दुइ अध्यक्ष वारम्वार वोलिरहदा पृष्ठभुमिमा केही महत्वपुर्ण घटना भएका थिए । तत्कालिन सभामुख कृष्णवहादुर महरालाइ बलात्कार अभियोग लागेपछि मध्य दशैंमा प्रहरी हिरासतमा राखियो र लामो पर्खापछि बल्ल अदालतमा पेश गरियो । यस्तै,दोलखाका सांसद पार्वत गुरुङ माथि ज्यान मुद्धाको अभियोग लाग्यो तर उनी अदालत हाजिर भएकै दिन साधारण तारेखमा छुटे । उता,जनकपुरको विमानस्थलमा तोडफोड गरेको अभियोग अर्का सांसद प्रमोद साह पक्राउ परे । अनि,नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाइ १२ बर्ष पुरानो रौतहट घटनामा तिन दिनसम्म प्रहरीले पछयाएपछि समात्यो ।
यस्तो बेलामा दुइ अध्यक्षको विचमा आरोपप्र्रत्यारोप चलेको थियो । यसैकारण कतिपय मानिसले दुइ अध्यक्षको विचमा कामको वाडफाडको बारेमा मत नमिलेको अनुमान गरिरहेका थिए भने कतिपयले एक गुटले अर्को गुट सिद्धयाउने खेलको रुपमा वुझिरहेका थिए । अध्यक्ष दाहालको अभिब्यक्तिबाट चित्त नवुझेको,मन दुखेको,भाग नपुगेको झल्को आउथ्यो भने अध्यक्ष ओलीको अभिब्यक्तिले प्रष्ट रुपमा दुइ वटा सन्देश दियो । उनको एउटा सन्देश थियो,–ओली न अध्यक्ष पद दिन तयार छन न प्रधानमन्त्री पद । यो उनको सिधा उत्तर अध्यक्ष दाहाललाइ थियो । उनले एक पटक होइन,दुइ पटक यो कुरा सार्वजनिक गरे । उनले सिधै भने–धम्क्याएर मलाइ हटाउने सपना नदेखे हुन्छ । प्रधानमन्त्री ओलीको अर्को प्रष्ट सन्देश के थियो भने अब नेपालल अमेरिकासंग गरेको सहमति अनुसार एमसीसी अन्र्तगतको ५५ अर्ब रुपैया लिने ।
लामो दोहरीबाट थकित अध्यक्ष दाहाल शनिवार सिन्धुपाल्चोकको झुलेमा एकरात वस्नेगरि परिवारसहित गए । र,फर्केपछि उनको आइतवार र सोमवार लगातार अध्यक्ष ओलीसंग निरन्तर भेट भयो । आइतवारको भेट आन्तरिक राजनीतिको वारेमा थियो भने सोमवारको भेट सत्यनिरुपण तथा मेलमिलाप आयोगमा कसरी र कसलाइ नियुक्ति गर्ने भन्नेवारेमा थियो । यो वैठक नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पनि थिए ।
नाटकीय परिवर्तन वा यु टर्न त्यतिवेला भयो जब अध्यक्ष दाहाल मंगलवार पुर्वी नेपालको पाचथर पुगे । उनले त्यहा पार्टीको प्रशिक्षणमो उदघाटन गरे र फर्किने बेलामा पत्रकारहरुसंग वोल्ने क्रममा भने–अध्यक्ष ओलीसंग कुनै असमझदारी छैन । हामी मिलेर काम गरिरहेका छौं ।
नेपाली राजनीतिमा जब लेनदेनमा कुरा मिल्दैन,तब नेताहरु वार्गेनिङ पावर बढाउनको लागि वाहिर सिद्धान्तका कडा कुरा गर्ने गर्दछन । पटक पटकको अभ्यासले यो कुरा पुष्टि गरेको छ । यतिवेला अध्यक्ष दाहालको असाध्यै रुची र प्राथमिकता सत्यनिरुपण आयोगमा रहेको छ । उनी यसमा गम्भीर पनि छन । यो केवल अध्यक्ष दाहालको मात्र होइन,कांग्रेस सभापति शेरवहादुर देउवाको पनि चासोको विषय हो । यसकारण यी दुवै नेताको यसवारेमा मत मिल्दछ । नेपाली नेताहरुको वानी नै के छ भने आफु अनुकुलको नीति र नेतृत्व बनाउने र यसमार्फत चल्ने । सत्य निरुपणमा सहमतिको नजिक पुगेपछि नेताहरु विचको दोहरी एक चरणको सकिन्छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter