बाल्टिमोरमा एनआरएनको सदस्यता वितरण कार्यक्रम

6 महिना अगाडी

बाल्टिमोर,अमेरिका,जनवरी २८ । एनआरएन अमेरिका,मेरिल्याण्ड च्याप्टरले यहाँ एनआरएन सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका अलावा नेपाली समुदाय रहेका अन्य स्थानीय तहमा पनि सदस्यता वितरण कार्यक्रम जारी रहेको छ । आइतवार एनआरएन च्याप्टरले एक सार्वजनिक कार्यक्रमका बीच सदस्यता वितरण गर्दै मेरिल्याण्ड राज्यमा बसोवास गर्ने सबै गैर आवासीय नेपालीलाई सदस्यताका लागि च्याप्टर नेतृत्वले अनुरोध समेत गरेको छ । आगामी नेतृत्व चयनमा सहभागी हुनका लागि फेब्रुअरी १५ तारिखसम्म सदस्यता लिने अवधि तोकिएको छ । यही प्रक्रियामा सहभागिताका लागि सदस्यता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक कार्यक्रम गरिएको च्याप्टर अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । बाल्टिमोर समुदायका प्रतिनिधि सदस्यहरु सदस्यता आवेदनका लागि सोही कार्यक्रममा जुटेका थिए ।
कार्यक्रममा च्याप्टर अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले एनआरएनले गरेका कार्यहरु बारे प्रकाश पारेका थिए । 
एनआरएनका संस्थापक उपाध्यक्ष डा श्याम कार्की,एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल,पूर्व उपाध्यक्ष रबिना थापा, आईसिसि सदस्य राजन त्रिपाठी, एनआरएन विधान समितिका शिवराज पौडेल,राप्रपा नेपालका सह महामन्त्री प्रेमकुमार श्रेष्ठलगायतले एनआरएनएका विषयमा आ आफ्ना भनाई व्यक्त गरेका थिए । च्याप्टर सचिव महेन्द्र देशारले कार्यक्रमको सुरुवात गरेका थिए ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter