महरा र अफतावकाे सांसद पद निलम्वन,लगातार विदा पर्दा महरा झन पिडामा परे

1 महिना अगाडी

काठमाण्डाैं,असाेज २७ गते । बलात्कार अभियाेग पछि सभामुख पदबाट राजीनामा दिएका कृष्णवहादुर महराकाे सांसद पद पनि निलम्वन भएकाे छ।साेमवार संसद सचिवालयले पत्र सार्वजनिक गर्दै उनकाे पद निलम्वन भएकाे जानकारी गराएकाे हाे । संसदकाे नियमावली २४४ काे उपनियम ३ मा -प्रचलित कानून बमोजिम तीन बर्ष वा सो भन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर सांसद्लाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ,भनिएकाे छ।यसैअनुसार महराकाे सांसद पद निलम्वन भएकाे सुचना सचिवालयले दिएकाे हाे ।

महरालाइ संसद सचिवालय कै कर्मचारी राेशनी शाहीलाइ बलात्कार गरेकाे अभियाेेग लागेकाे छ ।तर महरा माथि लागेकाे अभियाेग भने अहिलेसम्म अदालतमा पेश भएकाे छैन।मध्य दशैंमा पक्राउ परेका महरा लगातार अदालत विदा भएकैले प्रहरी हिरासतमा छन।दशैंविदा पनि पनि चीनीया राष्ट्रपतिकाे नेपाल भ्रमणकाे कारण अाइतवार पनि विदा भयाे भने साेमवार पनि पुर्वप्रधान्यायाधिशकाे निधनकाे कारण अदालत बन्द भयाे। अब उनलाइ मंगलवार मात्र अदालतमा पेश गरिनेछ।

महरा जस्तै कांग्रेस सांसद माेहम्मद अफताव अालमकाे पद पनि निलम्वन भएकाे छ।उनी राैतहटबाट निर्वाचित सांसद हुन।१२ बर्ष अघि राैतहटमा भएकाे हत्याकाण्डमा उनलाइ दाेषी मानिएकाेछ।अनुसन्धानकाे क्रममा प्रहरीले उनकाे दाेष भेटेपछि समातेकाे हाे ।उनी पनि अब सांसदकाे भुमिकामा रहन पाउने छैनन।

दुवै सांसदलाइ फाैजदारी अभियाेग लागेपछि सांसद पद निलम्वन गरिएकाे हाे ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter