मिजौरी सडक दुर्घटनामा तीन नेपालीको मृत्यु
मृत्यु हुनेहरुमा एकै परिवारका सदस्य, ४ वर्षीय बालक चिन्ताजनक स्थितिमा

11 दिन अगाडी

एजेन्सी,सेप्टेम्वर ४ । अमेरिकाको मिजौरी राज्यमा मंगलवार भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।
यसैगरी दुर्घटनामा एक चार वर्षीय बालक र सवारी चालक घाइते भएका छन् । घाइते मध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिजौरीको स्थानीय समय अनुसार मंगलवार करीब २ बजेर ५५ मिनेटको समयमा हाइवे ४४ मा भएको दुर्घटनामा स्थानीय ब्ल्यु स्प्रिङ्ग्स भन्ने ठाउँमा बस्ने तीन नेपालीको मृत्यु र अन्य दुई घाइते भएका हुन् । मृत्यु हुनेहरुमा दुर्घटनाग्रस्त गाडीको अगाडी सीटमा बसेकी श्रद्धा ओझा खनाल,उनकी आमा शान्ता खनाल र बुवा गोविन्द खनाल रहेको प्रहरीले जनाएको छ ।

                             श्रद्धा,प्रभाश र सौर्य ओझाको पारिवारिक तस्वीर
स्थानीय जोप्लिन प्रहरी विभागले जनाए अनुसार दुर्घटनामा सवारी चालक श्रद्धाका पति प्रभाश ओझा र ओझा दम्पतिका ४ वर्षीय छोरा सौर्य ओझा घाइते भएका छन् । घाइते मध्ये बालक सौर्यको स्थिति चिन्ताजनक रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार, सिल्भर रंगको टोयोटा र्याभ 4 गाडी हाइवेमा दुर्घटना भएको हो । ओझाले चलाएको सोही गाडीलाई पछाडिबाट आएको सेतो रंगको टोयोटा पिक अपले ठक्कर दिएको थियो । श्रद्धाका बुवा गोविन्द खनालको दुर्घटनास्थलमा नै निधन भएको थियो भने श्रद्धा र उनकी आमा शान्ता खनालको उपचारका लागि अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो । दुर्घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।                           दुर्घटनामा मृत्यु भएका गोविन्द खनाल र उनकी श्रीमती शान्ता खनाल
सन् २०१२ मा डिभी परेर श्रद्धाको परिवार अमेरिका आएको थियो । श्रद्धाका बुवा आमा भने करीब तीन महिना पहिला मात्र अमेरिका आएका थिए ।                       श्रद्धा,प्रभाश र सौर्य ओझाको पारिवारिक तस्वीर

सबै तस्वीर स्रोत: श्रद्धा,प्रभाश र गोविन्द खनालको फेसबुक


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter