विश्वकप अघि बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो

विश्वकप अघि बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो



मड्रिड । स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा रियल मड्रिडले काडिजलाई २ १ अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकप अघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंक सहित दोस्रो स्थानमा रहेको छ । 

रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्न सकेन । 

युभेन्ट्स चौथो स्थानमा उक्लियो
हेलास भेरोनालाई पराजित गर्दै युभेन्ट्स विश्वकप अघिको विश्राममा इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ । बिहीबार राति १० खेलाडीमा सिमित युभेन्ट्सले भेरोनालाई १ ० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस केअनले ६०औं मिनेटमा निर्णायक गोल गरे । 

खेलको अन्तिममा एलेक्स सान्ड्रोले रातो कार्ड पाउँदा युभेन्ट्स १० खेलाडीमा सीमित भयो । जितपछि युभेन्ट्स १४ खेलबाट २८ अंक सहित चौथो स्थानमा रह्यो । समान खेलबाट ३८ अंक बनाएको नापोली शीर्षस्थानमा छ । भेरोना रेलिगेशन क्षेत्रमा छ ।