काठमाण्डाैं,कार्तिक २९ गते । सर्वाेच्च अदालतले सरकारसंग सिमा मिचिएकाे सवालमा लिखित जवाफ मागेकाे छ।नेपालकाे लिम्पियाधुरा देखि कालापानीसम्म भारतले मिचेपछि यसविषयमा सर्वाेच्च रिट निवेदन परेकाे थियाे।साेही रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले सरकारसंग लिखित जवाफ मागेकाे छ।शुक्रवार प्रधानन्यायाधिश चाेलेन्द्रशमशेर जवराकाे एकल इजलाशले सरकारलाइ यसवारेमा लिखित जवाफ दिन भनेकाे छ।नाेभेम्वर १ मा भारतले जारी गरेकाे नयाँ नक्सामा नेपालकाे लिम्पियाधुरा समेत भारतकाे नक्सामा पारेकाे छ।यसपछि अहिले नेपालमा यसवारेमा ब्यापक बहश र संघर्ष भइरहेकाे छ।सिमाकाे विषयलाइ लिएर अर्न्तराष्ट्रिय अदालत नै जाने कि भनेर बहश भइरहेकाे बेलामा सर्वाेच्च अदालतमा परेकाे रिट निवेदनमा प्रथम सुनुवाइ गर्दै अदालतले सरकारसंग लिखित जवाफ मागेकाे हाे।