काठमाण्डाैं,कार्तिक २५ गते । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिमा सम्वन्धि विवाद थप नचर्काउन भनेपछि नयाँ बहश सुरू भएकाे छ।सडमा युवा विधार्थी देखि राजनीतिक दलसम्म उत्रिएकाे बेलामा उनले संसदकाे राज्यब्यवस्था समितिमा उपस्थित भएर सिमा विवाद नचर्काउन र यसलाइ अर्न्तराष्ट्रियकरण नगर्न भनेका छन।यसाे गरेमा झन जटिलता थपिने उनकाे भनाइ थियाे।संसदकाे राज्यब्यवस्था समितिमा साेमवार बाेलदै अध्यक्ष दाहालले नेपालकाे भुमि मिचिएकाे भाग पाउनकाे लागि कुटनीतिकपहल गर्नुपर्ने बताए।तर यसलाइ थप जटिल नवनाउन उनकाे अपिल थियाे तर सांसदहरूले भने भारतले सधैं हेप्ने गरेकाे भन्दै यसकाे वारेमा अब निर्क्याेल गर्नुपर्ने दिन अाएकाे बताएका थिए।अध्यक्ष दाहाल सुरूका दिनमा भारतले हेपाह प्रवृत्ति देखाएकाे बताएका थिए तर साेमवार उनी अचानक यु टर्न भए।
उनले यसाे भनेपछि समितिकाे वैठकले सरकारलाइ कडा निर्देशन दिएकाे छ।नेकपा कै सदस्य शशी श्रेष्ठ सभापति रहेकाे समितिकाे वैठकले भारतले भने नेपालले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएकाे छ।
साे वैठकमा समिमितले प्रधानमन्त्री केपी अेालीलाइ बाेलाएकाे थियाे तर उनीवैठकमा अाएनन। वैठकमा गृहमन्त्री,भुमिसुधार मन्त्री,परराष्ट्रमन्त्री भएपनि प्रधानमन्त्री भने उपस्थित भएनन।
भारतले नाेभेम्वर १ मा नेपालकाे भु-भाग समेत समेटेर नयाँ नक्सा जारी गरेपछि यसकाे तिव्र विराेध भइरहेकाे छ ।