ग्लोब नेपाल डट कमको सह प्रकाशन
एनआरएन चौतारी
एनआरएन अमेरिकाको सम्पूर्ण गतिविधिका लागि

शुभकामना

  • श्री गौतम दाहालजी,

    संस्थापक/संचालक,ग्लोब नेपाल डट कम 

    गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) अमेरिकाको आसन्न निर्वाचन र तेश्रो वार्षिक साधारण सभालाई लक्षित गरी यसका सबैखाले गतिविधिलाई समेटेर तपाईंको ग्लोब नेपाल डट कमले आफ्नो सह-प्रकाशनका रुपमा एनआरएन चौतारी संचालन गर्न लागेको जानकारी पाउँदा खुशी लागेको छ | म एनआरएन एनसीसी अमेरिकाको तर्फबाट नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष समेत रहनु भएका र एनआरएन अमेरिकाका हरेक गतिविधिमा निरन्तर सहयोग पु-याउँदै आउनु भएका तपाईंसहित यसको संचालनमा आवद्ध सबै पत्रकार साथीहरुलाई बधाई र शुभकामना दिन चाहन्छु |

    बाँकी यहाँ .....

समुदाय

एनआरएन ग्लोबल

चुनावी सरगर्मी

  • यस्तो बन्यो गौरी जोशीको टीम

    बाल्टिमोर,अमेरिका,जुलाई १३ | एनआरएन अमेरिकाको एक महिनापछि हुने निर्वाचनका लागि मैदानमा उत्रिएका अध्यक्षका प्रत्यासीहरुले आ आफ्नो प्रचार अभियानलाई एकल र सामूहिक रुपमा अघि बढाएका छन् | यसै क्रममा वर्तमान नेतृत्वलाई कडा चुनौती दिदैं अघि बढेका अध्यक्षका बलिया प्रत्यासी गौरी जोशीले आफ्नो नेतृत्वमा चुनावमा होमिएका अन्य पदका उम्मेदवारहरुको विवरण सार्वजनिक गरेका छन् | आफ्नो फेसबुक वालमार्फत जोशीले पहिलो चरणमा आफ्नो नेतृत्वमा चुनाव लड्न लागेका पदाधिकारीहरुको सूची सार्वजनिक गरेका हुन् | यो सुचीका अधिकांश उम्मेदवारहरु नेपाली जनसम्पर्क समितिका सदस्य रहेका छन् | जोशीलाई आसन्न निर्वाचनमा अधिकांशले साझा उम्मेदवारको रुपमा स्वीकार गरेका छन् | उनको टीममा अधिकांश कांग्रेस समर्थकहरु आवद्ध छन् |

  • यसरी हार्दैछ एनआरएन अमेरिका

    रबिन बज्राचार्य 

    बिगत दुई बर्षदेखि लगातार रुपमा एनआरएन अमेरिकालाई सबै प्रवासी नेपालीको साझा संगठन बनाउन ,एनआरएनको सुदृढीकरण अभियानमा होमिंदै गर्दा पनि आज दुर्भाग्यवश समष्टीगत रुपमा एनआरएनको हार हुँदैछ भन्न म बाध्य भएको छु। दुई बर्षभित्र हामीले कुनै जित हासिल नगरेको भन्ने पटक्कै होइन। सबैको साथ पाएर अन्तत्वगोत्वा एनआरएनलाई बिजयी गराएर छोड्न सकिन्छ भन्ने मेरो दृढ बिस्वास छ। एनआरएन किन हार्दैछ भन्दै जानु भन्दा अगाडी हामीले हासिल गरेका केही जितहरुका बारे चर्चा गर्न चाहन्छु | 

    १) न्यूयोर्कको गणेश मन्दिरमा भएको बिशेष साधारण सभाबाट,साधारण सदस्यहरुको कुनै पनि पदमा उम्मेदवारी दिने अधिकारलाई कुण्ठित गर्न खोजिएको थियो, तर त्यस साधारण सभाबाट नै सबै सदस्यहरुले उठ्न पाउने बिधान हामीले लेख्न सफल भएका थियौं।

  • एनआरएन अमेरिकामा चुनावी रौनक

    बाल्टिमोर,अमेरिका, जुलाई १० | अमेरिकामा रहेका प्रवासी नेपालीहरुका बीच चासोको विषय बनेको एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया सुरु भएको छ | दुई महिनाभन्दा ढीलो गरी निर्वाचन कार्य तालिका प्रकाशित भए लगत्तै चुनावी माहौलले अमेरिकामा रहेका एनआरएन सदस्यलाई उत्साहित बनाएको छ | एनआरएन आइसीसीमा सबैभन्दा बढी सदस्य भएको राष्ट्रिय समन्वय समिति अमेरिका नै भएको कारण आसन्न निर्वाचनलाई आइसीसीले समेत महत्वका साथ हेरेको छ | अगष्ट ११ र १२ तारिख अनलाईन प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन हुनेछ र नयाँ नेतृत्वले एनआरएन अन्तराष्ट्रिय समन्वय समितिको आगामी सम्मेलनका लागि एकसयभन्दा बढी डेलिगेट्स चयन गर्नेछ | यही डेलिगेट्सका लागि आइसीसी अध्यक्षका आकांक्षीहरुले समेत एनआरएन अमेरिकाको चुनावलाई चासोका साथ हेरेका हुन् | 

    अहिले अमेरिकी नेपाली समुदायमा सामाजिक संजाल मार्फत सक्रिय देखिएका प्राय: अधिकांशको फेसबुक वाल यही चुनावी ब्यानर र चासोका विषयले सजिएको पाइन्छ | चुनावको कुनै औपचारिक तयारी नै सुरु नभई सामाजिक संजाल मार्फत उम्मेद्वारी दिएर प्रचारमा उत्रिएका भावी नेतृत्वका आकांक्षी मध्ये पाँच जनाले औपचारिक रुपमा उम्मेद्वारी मनोनयन गरेका छन् |

एनआरएन अमेरिका

विविध