नेपाली बाढी पिडितलाइ सहयाेग दिन भारत र चिनविच कडा प्रतिस्पर्धा

काठमाण्डाैं,भदाै २ गते ।नेपालकाे बाढी पिडितलाइ सहयाेग दिने मामिलामा पनि भारत र चिन विच प्रतिस्पर्धा चलेकाे छ।

Read more: नेपाली बाढी पिडितलाइ सहयाेग दिन भारत र चिनविच कडा प्रतिस्पर्धा

यस्ताे छ,पत्रकारका नेता हुनेहरूकाे अनुहार

काठमाण्डाैं,भदाै २ गते । नेपाल पत्रकार महासंघकाे भदाै ४ र ५ गते काठमाण्डाैंमा अधिवेशन हुदैछ।यसकाे लागि देशभरकाे शाखाकाे अधिवशेन भइसकेकाे छ।याे अधिवेशनकाे उदघाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने निधाे भइसकेकाे छ।महासंघकाे पछिल्लाे दुइ कार्यकाल वामपन्थी प्यानलले नेतृत्व गरिसकेकाे छ । तर,यसपटक पनि जसरी पनि नेतृत्व भने वामपन्थीकै हातमा जाने भएकाे छ। महासंघकाे नेतृत्वमा जान कांग्रेस निकट पत्रकारहरूकाे संस्था प्रेस युनियनले माअाेवादी निकट पत्रकारहरूकाे संस्था प्रेस सेन्टरसंग मिलेर गठवन्धन बनाएकाे छ।अध्यक्षमा सेन्टरका नेता बर्तमान कार्यसमितिका उपाध्यक्ष गाेविन्द अाचार्यलाइ उसले समर्थन दिएकाे छ।यस्तै सेन्टरकै लक्षमी पुनलाइ उपाध्य उठाइएकाे छ।यसदेखि वाहेकका महत्वपुर्ण पद भने युनियनले लिएकाे छ।उसले दाङका जुझारू पत्रकार विपुल पाेखरेलकाे नेतृत्वमा टाेली खडा गरेकाे छ।पाेखरेललाइ उपाध्यक्ष उठाइएकाे छ भने महासचिवमा पुराना कार्टुनिष्ट तथा सक्रिय पत्रकार रमेश  विष्ट,श्रमजिवि पत्रकार मुद्धा स्थापित गर्न अदालत सम्म धाएर नजिर स्थापित गरेका रामप्रसाद दाहाल र काेषाधयक्षमा राजेश मिश्र रहेका छन।पत्रकार महासंघमा युनियनले पठाएकाे याे विलकुल युवा टाेली हाे।

Read more: यस्ताे छ,पत्रकारका नेता हुनेहरूकाे अनुहार

मंसिर ४ र २० गते प्रदेश र केन्द्रकाे चुनाव गर्ने सहमति

काठमाण्डाैं,भदाै १ गते । प्रमुख राजनीतिक दल र निर्वाचन अायाेगकाे संयुक्त वैठक मंसिरमा चुनाव गर्न सहमत भएकाे छ।प्रधानमन्त्री शेरवहादुर देउवाले डाकेकाे विहिवार साझकाे बालुवाटारमा बसेकाे सयुक्त वैठक मंसिर ४ र २० गते प्रदेश र केन्द्रकाे चुनाव गर्ने सहमतिमा पुगेकाे हाे । दुवै चुनाव एकै चरणमा गर्ने सहमति पनि याे वैठकमा भएकाे छ।तर,याे छलफलमा चुनाव मंसिर ४ र २० गते दु चरणमा गर्ने सहमति भएकाे छ।तर चुनावकाे लागि भदाै ५ गते भित्र निर्वाचन कानुन चाहि निर्वाचन अायाेगले माग गरेकाे छ ।यता निर्वाचन क्षेत्र निर्धारण अायाेगले भने थप १५ दिनकाे समय मागेकाे छ।यस्ताे सहमति पछि प्रदेश र केन्द्रकाे चुनाव सुनिश्चित भएकाे छ।साथै,चुनावकाे मिति भने अाइतवार घाेषणा गरिनेछ।चुनावकाे लागि केवल दुइ वटा मात्र मत पत्र छापिने भएकाे छ।प्रत्यक्ष र समानुपातिका मतपत्र छापिनेछ।

Read more: मंसिर ४ र २० गते प्रदेश र केन्द्रकाे चुनाव गर्ने सहमति

राणातिर जालान भनेर थापाले हेटाैंडामा राखे केन्द्रिय समिति वैठक

काठमाण्डाैं,भदाै १ गते । काठमाण्डाैंमा बसे अाफना केन्द्रिय सदस्य पशुपति शमशेर राणाले चाेर्लान भनेर हेटाैंडामा केन्द्रिय समिति वैठक राखेका कमल थापाले अाफनाे पक्षमा सय केन्द्रिय सदस्य रहेकाे दावी गरेका छन।

Read more: राणातिर जालान भनेर थापाले हेटाैंडामा राखे केन्द्रिय समिति वैठक

संविधान संशोधन सोमवार हुन्छ-दाहाल

काठमाण्डौं,भदौ १ गते । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी सोमवार संविधान संशोधन हुने बताएका छन।

Read more: संविधान संशोधन सोमवार हुन्छ-दाहाल

शेखर जनताको माझमा नाडी छाम्न पुगे

काठमाण्डौं,भदौ १/नेपाली कांग्रेस सरकारमा छ, स्वास्थ्य मन्त्रालयमा हजारौ चिकित्सकहरु समेत आफनो पेशामा अहोरात्र खटेका छन् । वाढी कै कारण जनताले पाउनु पर्ने न्यूनतम स्वास्थ्यको लागि समेत भनेर आन्दोलनमा ज्यानको समेत प्रवाह नगरी होमिएका डा गोविन्द केसी समेत ले आफना शुभेच्छुकहरुलाई जनताको सेवामा खटन आग्रह गरे । त्यसको साथमा अहिले कांग्रेसका नेता डा. शेखर कोईरादा हातमा स्टेस्थोकोप र औषधिका साथ जिल्ला जिल्लामा खटिएका छन् । यस अगाडि विराटनगरमा स्थानीय तहको निर्वाचनमा समेत शेखर कोईराला निकै खरो तरिकाले खटिएका थिए । उनको यो खटाईको कारणले पार्टीले एक तहको उचाई हासिल गर्न सफल भएको छ । त्यसैगरी यो तस्वीर तोपगाछीको हो ।उनले वाढी पिडीतहरुको लागि शिविर मार्फत चेक जाँच गरेका थिए । चिकित्सकहरुले वाढी पश्चात खाद्यान्न र पिउने पानीको संकटले स्वास्थ्यमा गम्भिर समस्या देखा पर्ने वताईरहेका छन् । यसरी राजनीतिकर्मी नै गाउँमा पुगेर जनताको सेवा गरेकाले कोईरालाको कार्यलाई जनस्तरमा प्रशंसनीय भनिएको छ । 

गृहमन्त्री पछि लगाएर हिलाे खेतमा प्रचण्ड पुगे

काठमाण्डाैं,साउन ३२ गते । सुट र छालाकाे जुत्ता लगाएका प्रचण्ड हातमा लठ्ठी टेकेर हिलाे खेतमा हिडेकाे दृश्य विलकुल अनाैठाे देखिएकाे छ। वुधवार गृहमन्त्री जनार्दन शर्मालाइ पछि लगाएर नेकपा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाढीले डुवानमा पारेकाे सप्तरी र सर्लाहीमा पुगे ।उनले त्यहा पुगेर ३सय भन्दा बढी बाढी पिडित घर परिवारलाइ राहत वितरण गरेका छन।बुधबार दिउँसो गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिबकुमार मण्डललाई लिएर सप्तरी पुगेका अध्यक्ष प्रचण्डले सप्तरीको हनुमान नगरको इनरुवास्थित मुसहरीटोलका १०० भन्दा बढी बाढी पीडितलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका खाद्यान्न सामग्री बितरण गरे । त्यसरी नै अध्यक्ष प्रचण्डले राजबिराज नगरपालिका–१५ का २०० भन्दा बढी पीडित परिवारलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका राहत सामग्री बितरण गर्नुभएको छ । राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले ‘आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा उद्दार, राहत र पूनर्बासका लागि काम गरिरहेको जानकारी दिए ।

Read more: गृहमन्त्री पछि लगाएर हिलाे खेतमा प्रचण्ड पुगे

बुधवार नै टुग्याउने भनेकाे संविधान संशाेधन किन ४ गते पुग्याे ?

काठमाण्डाैं,साउन ३२ गते । वुधवार नै सैद्धान्तिक छलफल गरेर दाेस्राेपटक संविधान संशाेधन गर्ने तयारी  गरेकाे सरकारले यसलाइ अचानक ४ गते सम्म लम्ब्याएकाे छ।वुधवार साझबाट मात्र संविधान संशाेधन विध्येक छलफलकाे लागि संसदमा पेश भएकाे थियाे।तर,बाढी पहिराे र डुवानले गर्दा अधिकांश सांसद जिल्ला भ्रमणमा रहेकाे चाल पाएपछि सरकारले याे विषयमा बहश प्रारम्भ  गरेर यसलाइ  गते टुगाे लगाउने निधाे गरेकाे छ।संविधान संशाेधनलाइ मत दिने वा नदिने टुगाेमा नपुगेकाे राप्रपाले पनि ४ गते सम्म कुर्न प्रधानमन्त्रीलाइ अाग्रह गरेकाे छ।राप्रपा विभाजित भएर राप्रपा प्रजातान्त्रिक भएकाे छ र यसकाे अाधिकारिकताकाे टुगाे निर्वाचन अायाेगले ४ गते नै गर्ने भनेकाे छ।यसैकारण राप्रपाले सरकारलाइ केही समय कुर्न भनेकाे हाे।तर,कमल थापा नेतृत्वकाे राप्रपाले सरकारले नै राप्रपा फुटाएकाे अाराेप लगाएकाे छ ।

Read more: बुधवार नै टुग्याउने भनेकाे संविधान संशाेधन किन ४ गते पुग्याे ?

संविधान संशाेधन हुनै दिन्न भनेकाे एमाले अचानक किन नरम भयाे ?

काठमाण्डाैं,साउन ३२ गते । संविधान संशाेधन विध्येक राष्ट्रघाती भएकाे भन्दै यसमा बहश नै हुन नसकने भनेर याे विध्येकलाइ संसदमा प्रवेश नै गर्न नदिने अडान लिएकाे एमालेले अन्तत वुधवार माैनता साध्याे।वुधवार संविधान संशाेधनकाे बारेमा बहश हुदा उसले यसमा बारेमा माैन बस्ने निर्णय गरयाे।तर उसकाे अडान विपरित संसदमा संविधान संशाेधन विध्येक प्रवेश मात्र भएन,यसमा बहश पनि भइरहेकाे छ।संसदीय  परिपाटीमा विपक्षी दलले सदन अवराेध गरेमा,बहिष्कार गरेमा पनि संसद चल्न सक्दैन।अर्थात एमालेेले नचाहदा संसद चल्नै सकदैन र संविधान संशाेधनमा बहश नै हुन सक्दैन तर उतिवेला संविधान संशाेधन विध्येक संसदमा लैजादा त्यति धेरै हंगा,वन्द र बहिष्कार गरेकाे एमाले वुधवार भने चुक्क बाेलेन ।किन ?

Read more: संविधान संशाेधन हुनै दिन्न भनेकाे एमाले अचानक किन नरम भयाे ?

दुई तहको निर्वाचन एकै दिन हुने

काठमाडौँ, ३२ साउन । संविधानको सफल कार्यान्वयनको लागि आगामी निर्वाचन एकै दिन गर्न  प्रमुख तीन दलले सहमति जनाएका छन् । केन्द्र र प्रदेशको निर्वाचन आगामी माघ ४ गते सम्म गर्नुपर्ने सम्वैधानिक व्यवस्था भएकाले निर्वाच्नलाई कम खर्चिलो र वनाउन तीन दलले एकै दिन गर्ने सहमति गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले सम्वाददाताहरुलाई जानकारी दिएक छन् ।

Read more: दुई तहको निर्वाचन एकै दिन हुने

सहमति विना नै डा.केसीले किन अनशन ताेडे ?

काठमाण्डाैं,साउन ३१ गते । अनशन बसेकाे २३ अाैं दिन विना सहमति डा गाेविन्द केसीले अनशन ताेडेका छन। उनले अनशन ताेडे लगत्तै उनलाइ उपचारकाे लागि अाइसियुमा भर्ना गरिएकाे छ।अनशन बसेपछि कैयाैं पटक वार्ता भएपनि डा गाेविन्द केसीले भने जस्ताे चिकित्सा विध्येक तयार भने गरिएन।एमाले सांसद सभापति रहेकाे महिला वालवालिका समितिले चिकित्सा विध्येक कहिले लुकाउने त कहिले सम्झाैता विपरित मनमाेहन मेडिकल कलेज सरकारलाइ नवेच्ने अडान एमालेले लिएपछि डा केसीकाे माग पुरा हुन सकेकाे थिए।तर प्रधानमन्त्री देउवाले भने सहमतिकाे लागि अाफु तयार रहकाे बताएका थिए।यसाे भएपनि डा केसीकाे माग पुरा भएकाे थिएन। तर, मंगलवार राती अचानक डा.केसीले देशमा वाढी पहिराेले अाक्रान्त पारेकाे भन्दै अनशन ताेडे।उनले यसलाइ अनशन स्थगीत गरेकाे भनेका छन।स्राेतका अनुसार मंगलवार नै डा केसीकाे माग पुरा गर्ने सवालमा केही सकारात्मक पहल भएकाे छ तर राजनीतिक दलहरूकाे विचमा सहमति वाकी छ।तर मंगलवार नै तिन पटक सम्म वेहाेश भएपछि भने डा केसीकाे स्वास्थय अत्यन्त गम्भीर रहेकाे तर उनले अनशन कै अवस्थामा अाइसियुमा जान नमानेपछि अवस्था झन गम्भीर भएकाे हाे।

Read more: सहमति विना नै डा.केसीले किन अनशन ताेडे ?

कांग्रेसले विपद व्यवस्थापनको स्थायी संयन्त्र वनाउने

काठमाडौँ, ३१ साउन ।नेपाली कांग्रेसका भातृ संस्थाका अगुवाहरुले कांग्रेस सरकारमा समेत भएकाले वाढी पिडितको सहयोग लाई पप्रभावकारी वनाउनु पर्नेमा जोड दिएका छन् । मंगलवार केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफलमा उनीहरुले यस्तो धारणा राखेका हुन् । नेपाली काँग्रेसले बाढी पहिरोको विपद्मा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुकलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा बोल्ने अधिकांशले बाढी प्रभावित जिल्ला र आवश्यक सामग्री के कति चाहिने हो सोको यकिन विवरण पहिचान गरेर राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्ने बताए । 

Read more: कांग्रेसले विपद व्यवस्थापनको स्थायी संयन्त्र वनाउने