यस्ताे छ,पत्रकारका नेता हुनेहरूकाे अनुहार

AddThis Social Bookmark Button

काठमाण्डाैं,भदाै २ गते । नेपाल पत्रकार महासंघकाे भदाै ४ र ५ गते काठमाण्डाैंमा अधिवेशन हुदैछ।यसकाे लागि देशभरकाे शाखाकाे अधिवशेन भइसकेकाे छ।याे अधिवेशनकाे उदघाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने निधाे भइसकेकाे छ।महासंघकाे पछिल्लाे दुइ कार्यकाल वामपन्थी प्यानलले नेतृत्व गरिसकेकाे छ । तर,यसपटक पनि जसरी पनि नेतृत्व भने वामपन्थीकै हातमा जाने भएकाे छ। महासंघकाे नेतृत्वमा जान कांग्रेस निकट पत्रकारहरूकाे संस्था प्रेस युनियनले माअाेवादी निकट पत्रकारहरूकाे संस्था प्रेस सेन्टरसंग मिलेर गठवन्धन बनाएकाे छ।अध्यक्षमा सेन्टरका नेता बर्तमान कार्यसमितिका उपाध्यक्ष गाेविन्द अाचार्यलाइ उसले समर्थन दिएकाे छ।यस्तै सेन्टरकै लक्षमी पुनलाइ उपाध्य उठाइएकाे छ।यसदेखि वाहेकका महत्वपुर्ण पद भने युनियनले लिएकाे छ।उसले दाङका जुझारू पत्रकार विपुल पाेखरेलकाे नेतृत्वमा टाेली खडा गरेकाे छ।पाेखरेललाइ उपाध्यक्ष उठाइएकाे छ भने महासचिवमा पुराना कार्टुनिष्ट तथा सक्रिय पत्रकार रमेश  विष्ट,श्रमजिवि पत्रकार मुद्धा स्थापित गर्न अदालत सम्म धाएर नजिर स्थापित गरेका रामप्रसाद दाहाल र काेषाधयक्षमा राजेश मिश्र रहेका छन।पत्रकार महासंघमा युनियनले पठाएकाे याे विलकुल युवा टाेली हाे।

युनियनले यसरी उम्मेदवार तय गर्दा अहिले नेतृत्व गरिरहेकाे प्रेस चाैतारी जाे एमाले निकट हाे उसलाइ भने उम्मेदवार चयन गर्न कठिनाइ परेकाे छ।अध्यक्षमा बरिष्ठ पत्रकार तिर्थ काेइराला उसले सजिलै चयन गरेकाे छ।काेइराला पत्रकारहरू माझ परिचित अनुहार हुन।वातावरण पत्रकार समुह,प्रेस इन्ष्टच्युट जस्ता सस्था हाकेकाकाे अनुभव छ काेइरालासंग।उम्मेदवार तय गर्न एमाले प्रचार विभाग प्रमुख तथा पार्टी सचिव याेगेश भटटराइकाे अधयक्षतामा विहिवार वैठक वसेर काेशिश गरिरहेकाे छ।

Add comment


Security code
Refresh