स्पेनमा अातंकवादी हमला,१३जना मारिए,सय जना घाइते

काठमाण्डाैं,भदाै २ गते । स्पेनमा अातंकवादी हमला भएकाे छ । बार्सिलाेनाकाे रमब्लास भन्ने स्थानमा एक कारले जथभावी हान्दा १३ जना मारिएका छन भने सय जना भन्दा बढी घाइते भएका छन। याे दुखद घटनाबाट मुक्ति नपाउदै स्पेनकै अर्काे ठाउमा पनि अातंकवादीले अाक्रमण प्रयाश गरेका छन जसलाइ स्पेनले राेकेकाे दावी गरेकाे छ । दाेस्राे हमला बार्लिलाेना प्रहरी र अातंकवादीविच दाेहाेराे गाेली हानाहान पछि राेकिएकाे थियाे । याे घटनामा ४ जना अातंकवादी मारिएकाे स्पेनकाे दावी छ । कैम्ब्रिल्स बन्दरगाह नजिक भएकाे याे हमला नराेकिएकाे भए अझ ठुलाे अातंक मच्चिने अनुमान प्रहरीले गरेकाे छ ।स्पेनका प्रधानमन्त्री मारियानाे रखायले यसलाइ जिहादी हमला भनेका छन ।याे घटनाकाे ट्रम्पले पनि विराेध गरेका छन।स्पेनमा भएकाे याे दाेस्राे अातंकवादी हमला हाे ।

Read more: स्पेनमा अातंकवादी हमला,१३जना मारिए,सय जना घाइते

ट्रम्प भन्छन-अमेरिकालाइ धम्की दिए उत्तर काेरियाले विश्वले कल्पना नगरेकाे समस्या भाेग्नुपर्छ

काठमाण्डाैं,साउन २५ गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तर काेरियालाइ कडा धम्की दिएका छन।मंगलवार न्यु जर्सीमा उनले अब अमेरिकालाइ अन्य साना देशलाइ जस्तै धम्की नदिन चेतावनी दिए।उनले भने-यदि उत्तर काेरियाले अन्य देशलाइ जस्तै फेरि पनि धम्की दियाे भने उसले विश्वले नदेखेकाे र कल्पना पनि नगरेकाे समस्या भाेग्नुपर्छ।उनले उत्तर काेरियाकाे लागि अब कुनै पनि किसिमकाे धम्की नदिनु नै उत्तम हुन्छ भनेका छन।गत साता मात्र उत्तर काेरियाले अमेरिकाकाे मुख्य शहर र ठाउमा अाक्रमण गर्न सक्ने गरि अाणविक हतियार प्रक्षेपण गरेपछि अमेरिका रिसाएकाे हाे।उत्तर काेरियाले ट्रम्प राष्ट्रपति भएपछि हरेक हप्ता मिसायल टेष्ट गरिरहेकाे छ।यसले अमेरिकालाइ चिढयाएकाेछ। कतिसम्म भने उत्तर काेरियाकाे याे कदममा अब उसलाइ साथ दिदै अाएकाे चीनले समेत अब साथ नदिने बताइसकेकाे छ।अमेरिकाले चीन उत्तर काेरियाकाे मामिलामा माैन बसेकाे भनेर अाक्राेश पाेखेपछि चीनले यस्ताे धारणा राखेकाे थियाे।

Read more: ट्रम्प भन्छन-अमेरिकालाइ धम्की दिए उत्तर काेरियाले विश्वले कल्पना नगरेकाे समस्या भाेग्नुपर्छ

सिरियाको शनिबारको आक्रमणमा ४३ जना मृत्यु

दमास्कस, २२ साउन । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा सहरमा शनिबार गरेको आक्रमणमा परी कम्तीमा ४३ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई लक्षितगरी शनिबार मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ । राक्वामै शुक्रबार राति सात बालबालिकाको मृत्यु भएको केही घण्टामा यो आक्रमण भएको पनि उक्त समाचार समितिले शनिबार दिएको समाचारमा उल्लेख छ । अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ । सिरियाली अरब रेड क्रिसेन्टकी राक्वास्थित प्रतिनिधि डिना असदलाई उद्धृतगर्दै सानाले राक्वाको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको पुष्टि गरेकी छिन् । 

Read more: सिरियाको शनिबारको आक्रमणमा ४३ जना मृत्यु

हिरोसीमा वियोगको ७२ बर्ष

हिरोसीमा, २२ साउन । जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ । हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो । 

Read more: हिरोसीमा वियोगको ७२ बर्ष

अमेरिका–रसिया सम्बन्ध सङ्कटोन्मुख अवस्थामा

मस्को (रसिया) २१ साउन / रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका–रसिया सम्बन्ध निकै सङ्कटोन्मुख अवस्थामा पुगेको शुक्रबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै ट्वीट गर्दै अमेरिका–रसिया सम्बन्धमा समस्या आएको जनाउनुभएको थियो । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको ताउनुभएको थियो । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भन्नुभयो, “हामीले पूर्णतया यो विचार सार्वजनिक गर्न चाहन्छौ कि अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त गरेको कुरा वास्तविक देखिन पुगेको छ ।” 

Read more: अमेरिका–रसिया सम्बन्ध सङ्कटोन्मुख अवस्थामा

नेयमारले एक हप्ताकाे तलब ८ कराेड,वार्सिलाेना छाडेर पिएसजी गए

काठमाण्डाैं,साउन २१ गते । विश्वकीर्तिमानी रकम सहित युवा खेलाडी नेयमार बार्सिलाेनाबाट पिएसजी क्लवमा प्रवेश गरेका छन।ब्राजिलका युवा खेलाडी नेयमारले क्लब छाडेकाे र नया क्लब प्रवेश गरेकाे कुरा अहिले विश्वभर निकै चर्चा भइरहेकाे छ ।उनले अब बर्षमा २६ अर्ब ६४कराेडमा तलब पाउनेछन।उनकाे याे रकम १९ कराेड ८०लाख पाउण्ड हुन्छ।उनकाे याे सम्झाैता अनुसार,अब उनले ५ बर्ष पिएसजीमा खेल्नुपर्नेछ।२५बर्षिय नेयमारले वार्सिलाेना क्लब छाडनु अघि अाफना सहकर्मीसंग ४० मिनेट कुराकानी गरेका थिए।यसबेला उनका मित्र मेसी निकै भावुक बनेका थिए।नेयमार क्लब बाहिरिएर पाेर्चगुलमा मेडिकल चेकअपकाे लागि जादा मेसीले नेयमारकाे ड्रेसिङ रूमकाे फाेटाे सार्वजनिक गरेका थिए।वार्सिलाेनामा वस्दा नेयमारकाे मेसीसंग गहिराे सम्वन्ध थियाे।

Read more: नेयमारले एक हप्ताकाे तलब ८ कराेड,वार्सिलाेना छाडेर पिएसजी गए

ट्रम्प शासन-७ महिनामा ७जना बर्खास्तगी !

काठमाण्डौं,साउन १७ गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले निकै जाेडबल गरेर एफविअाइ निर्देशक जेम्स काेमीलाइ बर्खास्त गरे।याे विषय यति धेरै विवादित भयाे कि भनिसाध्य छैन।तर ट्रम्पले यसरी काेमीलाइ हटाएर पनि सुख भने पाएनन।अाफुले निकै भर गरेर चयन गरेकाे सुरक्षा सल्लाहकार माइकल ल्फेनलाइ उनलाइ टिकाउन सकेनन।यहि बेला देखि उनले सहयाेगी नियुक्त गर्ने र अनेक काण्डमा परेर तत्काल हटाउनुपर्ने समस्याबाट ट्रम्प अझै मुक्त हुन सकेका छैनन । हुदा हुदा उनले हालै नियुक्ति गरेका जम्मा दस दिनमा सञ्चार निर्देशकलाइ हटाए। अमेरिकी राष्ट्रपतिय भवनमा शक्ति संघर्ष तथा अस्थिरता बढीरहेका बेला ट्रम्पले आन्तरीक सुरक्षा मन्त्री तथा पूर्ब जर्नेल जोन केलीलाई राष्ट्रपति भवनको प्रमुख कर्मचारीमा नियुक्त गरेको केही घण्टामै नया सञ्चार निर्देशक बर्खास्तीमा परेका हुन। केही दिनअघि मात्र राष्ट्रपति भवनका प्रमुख कर्मचारी रायन प्रिबसले राजीनामा दिएका थिए । त्यसअघि राष्ट्रपतिका प्रबक्ता सन स्पाइसरले पनि राजीनामा दिएका थिए।

Read more: ट्रम्प शासन-७ महिनामा ७जना बर्खास्तगी !

ट्रम्पका सञ्चार निर्देशकको दश दिनमै जागीर चट

काठमाण्डौं,साउन १७ गते । अमेरिकी राष्ट्रपति कार्यालयले १० दिनअघिमात्र नियुक्त सञ्चार निर्देशकलाई बर्खास्त गरेको छ ।

Read more: ट्रम्पका सञ्चार निर्देशकको दश दिनमै जागीर चट

इराकी दुतावासमा अातंकवादी अाक्रमण

काठमाण्डाैं,साउन १६ गते । अफगानस्तानमा रहेकाे इराकी दुतावासमा अातंकवादी अाक्रमण भएकाे छ।

Read more: इराकी दुतावासमा अातंकवादी अाक्रमण

अमेरिका भन्छ-अब उत्तर काेरियासंग वार्ता हुदैन

काठमाण्डाैं,साउन १६ गते।लगातार खतरनाक मिसाइल परिक्षण गरेपछि उत्तर काेरिया विरूद्ध अमेरिकाले कडा प्रतिक्रिया जनाएकाे छ।

Read more: अमेरिका भन्छ-अब उत्तर काेरियासंग वार्ता हुदैन

ट्रम्पले भने–अमेरिकी नेता महामुर्ख हुन

काठमाण्डौं,साउन १५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र आफनै देशका पुर्व नेताविरुद्ध कडा आक्रोश पोखेका छन ।

Read more: ट्रम्पले भने–अमेरिकी नेता महामुर्ख हुन

चिनमा १२ हजार सैनिकले किन परेड खेले ?

काठमाण्डौं,साउन १५ गते । चिनिया राष्ट्रपति सी जिन्पिङले चीनको जनमुक्ति सेनालाई विश्वकै आधुनिक तथा उत्कृष्ट सेनामा रुपान्तरण हुन आग्रह गरेका छन् । जनमुक्ति सेनाको स्थापना भएको ९० औ वर्ष गा“ठमा आयोजित परेडलाई सम्बोधन गर्दै राष्ट्रपति सीले हाल विश्व अशान्त रहेको भन्दै यस्तो समयमा जनमुक्ति सेना अझ आधुनिकिकरण हुनुपर्नेमा जोड दिए । सुदुर उत्तरी चीनको भित्री मङ्गोलिया प्रँन्तमा आयोजित परेडमा सीले जनमुक्ति सेनाले चीनलाई समुन्नत बनाउन सेनाको ठूलो योगदान रहने भन्दै जनमुक्ति सेनाको प्रशंशा गरे । सेनाले चिनिया“ जनताको रक्षा गर्न कम्युनिष्ट पार्टीले खटाएको स्थानमा जान तथा सेवा गर्न समेत आग्रह गरे ।

Read more: चिनमा १२ हजार सैनिकले किन परेड खेले ?