जनसम्पर्क समितिको राहतमा एकै दिन ३ हजार डलर

वाल्टिमोर अगष्ट १७ | जनसम्पर्क समिति अमेरिकाले वाढी पिडितको लागि आव्हान गरेको राहत संकलनमा बुधवार अवेर सम्म् कूल ३२३४ डलर संकलन भएको छ । मंगलवार सम्पन्न जनसम्कर्प समितिको वैठकले राहत संकलनको लागि एक कमिटि वनाएको थियो । उक्त कमिटिले सञ्चालन गरेको गो फण्डमा उक्त रकम संकलन भएको समितिले बुधवार अवेर ग्लोव नेपाललाई जानकारी दिएको छ । समितिले सञ्चालन गरेको सूचीमा योगदान गर्नेहरुको विवरण तल उल्लेख गरे वमोजिम रहेको छ । 

 र, यो पनि पढ्नुहोस्,

जनसम्पर्क समिति,अमेरिका राहत संकलनमा

विद्यार्थी नेताहरुसँग अमेरिकामा अन्तर्कृया

भर्जिनिया,अगष्ट १६/नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति नयनसिंह महर तथा महामन्त्री सरोज  थापा,बिदेश बिभाग सल्लाह्कार डि बि सुनार सँग हालै भर्जिनिया  मा अन्तर्कृया र भेटघाट कार्यक्रम सम्पन्न भयो । भेटघाटको अवसर मा सभापति महरले नेपालको बर्तमान राजनीतिक अवस्था तथा मातृ पार्टी नेपाली कांग्रेसको नीति धारणा र भात्री सँगठन्को भूमिका बारेमा प्रकाश पार्नु भएको थियो। त्यस्तै महामन्त्री थापाले नेपालको बर्तमान शिक्षा नीति र विद्यार्थी संगठन हरुको भूमिका बारे प्रकाश पार्नु भएको थियो ।

Read more: विद्यार्थी नेताहरुसँग अमेरिकामा अन्तर्कृया

जनसम्पर्क समिति,अमेरिका राहत संकलनमा

बाल्टिमोर,अमेरिका,अगष्ट १६ । मातृभूमि नेपालको विभिन्न भागमा गएको बाढीपहिरोमा परी प्रभावित भएकाहरुलाई सहयोग गर्न नेपाली जनसम्पर्क समिति,अमेरिकाले पहल सुरु गरेको छ । मातृपार्टी नेपाली कांग्रेसले विदेशस्थित सम्पूर्ण जनसम्पर्क समितिहरुलाई पत्राचार गर्दै तत्काल राहतका लागि सहयोग संकलन गरी पठाउन निर्देशन दिएपछि समितिको आकस्मिक बैठकले राहत संकलन अभियान सुरु गर्ने निर्णय गरेको समितिका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ । 'हामी मातृभूमिमा प्राकृतिक एवं दैवी विपत्तिका कारण भएको जनधनको क्षतिबाट अत्यन्त मर्माहत भएका छौं । पीडाको यो क्षण हामी चुप लागेर बस्न सक्दैनौं । त्यसैले पार्टीको समेत निर्देशन र हाम्रो मानवीय धर्म समेत भएकोले हामी यो अभियानमा जुटेका छौं,हामी सबैसंग सहयोगका लागि अपील गर्छौं'सभापति विष्टले भने । समितिको यही अगष्ट १४ तारिख सम्पन्न बैठकले पार्टी निर्देशन अनुरुप सहयोग संकलन गर्न एक समिति समेत गठन गरी जिम्मेवारी दिएको छ ।

Read more: जनसम्पर्क समिति,अमेरिका राहत संकलनमा

नासोको पिकनिक सम्पन्न,तीज आयोजना गर्दै

बाल्टिमोर,अमेरिका,अगष्ट १६ । नासो कम्युनिटी अमेरिकाले आफ्नो वार्षिक समर पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । स्याण्डी प्वाईन्ट स्टेट पार्कमा आयोजना गरिएको समर पिकनिक एवं वार्षिक भेटघाट कार्यक्रममा डिसी, मेरिल्याण्ड, भर्जिनिया लगायतको क्षेत्रमा बसोवास गर्ने संस्थाका सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिए । आपसमा भाईचारा र सदभाव वृद्धि गर्दै सामुदायिक भेटघाट गर्ने उद्देश्यले वार्षिक रुपमा संस्थाले यसरी समर पिकनिक कार्यक्रम आयोजना गर्ने गरेको अध्यक्ष विश्वकर्माको भनाई छ ।

Read more: नासोको पिकनिक सम्पन्न,तीज आयोजना गर्दै

छिटो निर्वाचन घोषणा गर

बाल्टिमोर,अगष्ट १४ । एनआरएन अमेरिकाको निर्वाचन स्थगन भएकोमा चिन्ता र चासो राख्दै एनआरएनका च्याप्टर सभापतिहरुले छिटो निर्वाचन गर्न अपिल गरेका छन् । विभिन्न १५ च्याप्टरका सभापतिहरुले निर्वाचन गर्ने बाताबरणको लागि आवश्यक सहजता प्रदान गर्ने हेतुले भन्दै तीन जना सहजकर्ताहरुको नामावली समेत प्रकाशित गरेका छन् । स्टेट च्याप्टरले इलिनोइ च्याप्टर अध्यक्ष सुमन वस्ती,मेरिल्याण्ड च्याप्टर अध्यक्ष जेदू पोख्रेल र न्यू ह्याम्प्सायर च्याप्टर अध्यक्ष ईश्वरी भट्ट रहेको तीन सदस्यीय समिति वनाएको उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अगाडि पनि यसैगरी विभिन्न राज्यका सभापतिहरुले विभिन्न विषयमा आफनो धारणा सार्वजनिक गर्दे आएका थिए । तर त्यसलाई एनआरएन अमेरिकाका केन्द्रीय पदाधिकारीहरुले आलोचनात्मक टिप्पणी गरेका थिए । च्याप्टर सभापतिहरुको बैठकले मात्रिभूमि नेपालको बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग संकलनका एनआरएन अमेरिकाको अभियानमा सहभागी हुन सबैलाई आग्रह समेत गरेको छ ।

Read more: छिटो निर्वाचन घोषणा गर

जर्मनी एनआरएनमा मोक्तानको उमेदवारी

जर्मनी, अगष्ट १४ । एनआरएन जर्मनीको अध्यक्षमा विजय मोक्तानले आफ्नो उमेदवारी दिने भएका छन् । यस अगाडि जनसम्पर्क समितिमा वसेर काम गरिसकेका विजयले आफना विभिन्न एजेण्डाहरुसहित उमेदवारी दिने घोषणा गरेका हुन । उनलाई जनसम्पर्क समितिले समेत आधिकारिक रुपमा अगाडि सारेको छ । जर्मनीको विभिन्न रचनात्मक कार्यक्रमहरुमा सहभागी हुँदै आएका मोक्तानले आफनो दुई वर्षे कार्यकालको खाका समेत सार्वजनिक गरेका छन् । उनको एजेण्डा जस्ताको तस्तै :

Read more: जर्मनी एनआरएनमा मोक्तानको उमेदवारी

जनसम्पर्क समिति बेलायतको अधिवेशन सेप्टेम्वरमा

लण्डन,अगष्ट १३/ जनसम्पर्क समिति वेलायतको आगामी सेप्टेम्वर १७का दिन हुन लागेको अधिवेशनले नयाँ नेतृत्व चुन्ने कार्यक्रम रहेको छ । यसको लागि यो समाचार तयार पार्दा सम्म दुई जना अध्यक्षका उमेदवारले आफनो उमेदवारी घोषणा गरेका छन् , यसरी उमेदवारी घोषणा गर्नेमा युवराज सिं र युवराज गुरुङ्ग रहेका छन् । तीन वर्षे कार्यकालको लागि हुन लागेको निर्वाचनमा २९ सदस्यीय कार्यसमिति रहनेछ । जसमा उपाध्यक्षमा तीन जना, महामन्त्री,सहमहामन्त्री र कोषाध्यक्ष समेत गरि १९ जनाको निर्वाचन हुनेछ भने १० जना अध्यक्षले मनोनयन गर्नेछन् । 

Read more: जनसम्पर्क समिति बेलायतको अधिवेशन सेप्टेम्वरमा

नेविसंघको नेतृत्वलाई लंग आइल्याण्डमा स्वागत

लंग आइल्याण्ड,न्यूयोर्क,अगष्ट १२ । संयुक्त राष्ट्र संघको एक कार्यक्रममा सहभागी हुन नेपाली विद्यार्थी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यहाँ आएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर,महामन्त्री सरोज थापा र नेविसंघ वैदेशिक विभाग सल्लाहकार डिवी सुनारको स्वागतमा एक कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति,अमेरिका लंग आइल्याण्ड च्याप्टरले शुक्रवार साँझ विद्यार्थी नेताहरुको सम्मान र स्वागतमा यस्तो कार्यक्रम गरेको हो । आफुहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले राजनीतिक विचारमा संगठित वीपी कोइरालाद्वारा स्थापित नेपाली जनसम्पर्क समितिका सबै देशका सदस्यहरुलाई प्रवासमा रहेका सबै नेपालीहरुको सहयोगी संस्थाको रुपमा सामाजिक गतिविधिमा क्रियाशील हुन आग्रह गरे । महरले पारस्परिक एकताका लागि समितिका सबैलाई आग्रह गरे । मुलुकभित्रै अन्तर्राष्ट्रिय गुणस्तरको परिणाममुखी शिक्षा दिलाउन सके अवसरका लागि युवाशक्ति विदेशतिर पलायन हुने काम रोकिने भन्दै महरले विदेशमा बसेका नेपालीहरुको मातृभूमिको चिन्ताबाट आफु प्रभवित भएको बताए ।

Read more: नेविसंघको नेतृत्वलाई लंग आइल्याण्डमा स्वागत

एनआरएन अमेरिकाको समितिका विरुद्ध जीसीको आक्रोश

न्यूयोर्क,अमेरिका,अगष्ट १२ । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं हाल आइसीसी सदस्य रहेका खगेन्द्र जीसीले एनसीसी अमेरिकाले हिजो गठन गरेको भनेको समितिमा आफु नरहेको जनाएका छन् । आज एक कडा विज्ञप्ति प्रकाशित गर्दै जीसीले अदालतले टुंगो लगाई सकेको विषयलाई फेरि समिति बनाई छानबीन गर्नु भनेको अदालतको निर्णयको अवहेलना हुने र अदालतले यस विषयमा षड्यन्त्र र मानहानीको कारवाही गर्न सक्ने भन्दै यस्तो विषयमा संवेदनशील हुन सबैलाई आग्रह गरेका छन् ।

एनआरएन अमेरिकाको वर्तमान कामचलाउ समितिले हिजो मात्र एनआरएन अमेरिकाको विगत र पदाधिकारीहरुको अभिलेख र दस्तावेज संकलन गर्नका लागि भन्दै जीसीसहित तीन सदस्यीय समिति गठन गरेको थियो । सोही समितिमा आफु बस्न नमिल्ने प्रष्ट पार्दै जीसीले आज आफ्नो असहमतिलाई बुँदागत रुपमा सार्वजनिक गरेका छन् ।

Read more: एनआरएन अमेरिकाको समितिका विरुद्ध जीसीको आक्रोश

अमेरिकामा मशाल जुलुस

वासिङ्गटन डिसी,१२ अगष्ट अमेरिकामा पनि मशाल जुलुस प्रदर्शन गरिएको छ । अमेरिकाको भर्जिनियाको सार्लोट्सभिलमा आफूहरुलाई डर धम्की र त्रास सृजना गरिएको भन्दै गोरा राष्ट्रवादीहरुले मशाल जुलुस सहित प्रदर्शन गरेका हुन् । उनीहरुले रगत र माटो, हामीहरुलाई विस्थापित गर्न सक्दैनौ भन्ने नारा लगाएका थिए । उनीहरुले भर्जिनियाको युनिभर्सिटी कम्पाउण्ड भित्र प्रदर्शन गरेका थिए, वाहिर निस्कन खोज्दा स्थानीय प्रहरीले कानून विपरित हुने भन्दै रोकेको थियो । अधिकारको लागि एकता भन्ने नाराका साथ अभियान चलाएको उक्त समूहले शनिवार स्थानीय ईम्यानिसेपेसन पार्कमा अर्को रयालीको आयोजना गर्देछ । केही महिना यता जिउज समूहका व्यक्तिहरुलाई विभिन्न धम्कीहरु सामना गर्नु परेको भन्दै यस्तो रयालीको आयोजना गरिएको अभियन्ताहरुले जनाएका छन् । शुक्रवार  र शनिवारको रयालीमा करिव ४ देखि ६ हजारले भाग लिने वताइएको छ भने स्थानीय प्रशासनले एक हजार प्रहरी परिचालन गरेको छ । 

 

राष्ट्रसंघको युवा सम्मेलन उपलब्धि मुलक:महामन्त्री थापा

न्यूयोर्क अगष्ट ११/संयुक्त राष्ट्रसंघको २० औं युवा सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपालको एक प्रतिनिधी मण्डलले विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएको छ । शनिवार सम्म चल्ने उक्त सम्मेलन राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा जारी रहेको छ । कार्यक्रममा सहभागी नेविसंघका अध्यक्ष्ँ नैनसिं महरले भने हामीहरुले नेपालको तर्फवाट सहश्राव्दी विकास लक्ष्यमा युवाहरुको सहभागिताको विषयमा भए गरेका कार्यक्रमहरु र सत्यमा नेविसंघले खेल्न सक्ने भूमिकाका् वारुमा समूहगत छलफलमा भाग लिएका छौं । 

Read more: राष्ट्रसंघको युवा सम्मेलन उपलब्धि मुलक:महामन्त्री थापा

राष्ट्रसंघको युवा सम्मेलनमा नेविसंघको सहभागिता

न्यूयोर्क अगष्ट १०/ संयुक्त राष्ट्रसंघको २० औं युवा सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर लगायतको नेपालको एक प्रतिनिधी मण्डलले सहभागिता जनाएको छ । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित उक्त सभामा सहश्राव्दी विकास लक्ष्यका वहुपक्षीय विषयमा छलफल भएको महरले  जानकारी दिए । उनले भने – हामीहरुले नेपालको तर्फवाट सहश्राव्दी विकास लक्ष्यमा युवाहरुको सहभागिताको विषयमा समूहगत छलफलमा भाग लिएका छौें ।

Read more: राष्ट्रसंघको युवा सम्मेलनमा नेविसंघको सहभागिता