विद्यार्थी नेताहरुसँग अमेरिकामा अन्तर्कृया

AddThis Social Bookmark Button

भर्जिनिया,अगष्ट १६/नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति नयनसिंह महर तथा महामन्त्री सरोज  थापा,बिदेश बिभाग सल्लाह्कार डि बि सुनार सँग हालै भर्जिनिया  मा अन्तर्कृया र भेटघाट कार्यक्रम सम्पन्न भयो । भेटघाटको अवसर मा सभापति महरले नेपालको बर्तमान राजनीतिक अवस्था तथा मातृ पार्टी नेपाली कांग्रेसको नीति धारणा र भात्री सँगठन्को भूमिका बारेमा प्रकाश पार्नु भएको थियो। त्यस्तै महामन्त्री थापाले नेपालको बर्तमान शिक्षा नीति र विद्यार्थी संगठन हरुको भूमिका बारे प्रकाश पार्नु भएको थियो ।

नेपालमा हालै गएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा अमेरिकाबासी नेपालीहरुबाट सक्दो सहयोग गरेर देश र आम नेपाली जनतामा परेको पिडामा मल्हम लगाउन पनि उहाँहरुले नेपाली समुदायलाई आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली जनसंपर्क समितिका केन्द्रिय उपसभापति द्वय सि पि पौडेल र केशव बराल,डा रमेश पन्त,मुक्तिनाथ पन्त,अर्जुन सिग्देल,गोविन्द सुबेदी, दधी ढुंगाना, डोरेन अधिकारी, न्यु मेक्सिको च्याप्टर का पूर्व सभापति डा।देश राज संयोक,न्युजर्सी च्याप्टरका सभापति रण छेत्री लगायतले आफ्ना जिज्ञासा राख्दै सुझावहरु दिनु भएको थियो ।

संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागि भै नेपाली कांग्रेस का शुभेच्छुकहरुसँग अन्र्तक्रिया तथा भेट्घाट गर्न भर्जिनिया पुगेका थिए । विद्यार्थी नेताहरुलाई च्याप्टरका महासचिव किरण लामाले स्वागत गर्नुभएको थियो भने अन्तर्कृया कार्यक्रमको सभापतित्व नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टरका सभापति रामशरण हुमागाइले गर्नु भएको थियो । 

Add comment


Security code
Refresh