वेस्ट इन्डिज विश्वकपबाट बाहिर

वेस्ट इन्डिज विश्वकपबाट बाहिर



सिड्नी । दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ ।

निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पाएको आयरल्यान्डले एक विकेटको क्षतिमा १५० रन बनाउँदै सुपर १२ को स्थान सुरक्षित गरेको छ । आयरल्यान्डको जितमा लुर्कान टकरले ४५ र पउल स्टिरिलिङले ६६ रनको पारी खेले ।