एनआरएन साहित्य समितिले अनलाईन कार्यक्रम संचालन गर्दै

Globe Nepal
Globe Nepal 8 दिन अगाडी

बाल्टिमोर,अमेरिका,मे १६ । गैरआवासीय नेपाली संघले साप्ताहिक अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्ने भएको छ । संघको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले 'प्रवासी प्रवाह' नामबाट साप्ताहिक रुपमा अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्न लागेको हो । पहिलो कार्यक्रम भोली आइतवार नेपाली समय अनुसार साँझ ८ बजेबाट सुरु गर्न लागिएको जानकारी समितिका अध्यक्ष हिक्मत थापाले दिनु भएको छ । कार्यक्रमको शुभारम्भका क्रममा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्य प्रस्तुत हुनेछ । पहिलो कार्यक्रममा साहित्यकार जीवा लामिछाने (जर्मनी ), गोपाल रेग्मी ( अमेरिका ) र उषा शेरचन ( नेपाल ) सङ्ग बिशेष कुराकानी र उहाँहरुका रचना पाठ हुनेछन् । समितिका अध्यक्ष थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशील बनाउन यो  कार्यक्रम प्रारम्भ गर्न लागिएको हो । यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्दैछिन् । 
समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ । 
एनआरएन आइसीसीले गत महिना मात्र संस्थाका पूर्व कोषाध्यक्ष थापाको अध्यक्षतामा २१ सदस्यीय भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समिति गठन गरेको हो । समितिमा छ वटै महादेशबाट प्रतिनिधित्व हुने गरी एक एक जना सह-अध्यक्षको व्यवस्था गरिएको छ ।
को को परे अमेरिकाबाट ?
अमेरिकाबाट समितिमा एक सल्लाहकार,एक सह-अध्यक्षसहित ६ जना सदस्य मनोनित भएका छन् । जस अनुसार समितिको सल्लाहकारमा नीलम कार्की निहारिका,अमेरिकाज क्षेत्रको सह-अध्यक्षमा महेश्वर पन्त र सदस्यहरुमा विकास विष्ट,गौतम दाहाल,गोविन्द गिरि प्रेरणा,कपिल अधिकारी,कृष्ण कुसुम र सर्वज्ञ वाग्ले रहेका छन् ।
समितिमा युगाण्डाका रमेश कंडेल (अफ्रिका),जापानका बेलुकाजी थापा (एशिया प्यासिफिक), नेदरल्याण्डका हरि पौडेल(युरोप),युएइका निश्चल पीएस लिम्बु (मध्यपूर्व) र अष्ट्रेलियाका गणेश घिमिरे (ओसियाना) समितिको सह-अध्यक्ष रहेका छन् ।
समितिमा अमेरिकाका छ जनासहित चन्द्र लामा अनुराग (कोरिया),जितेन्द्र मल्ल (अष्ट्रेलिया), लक्ष्मण न्यौपाने (म्यान्मार),नृपेश उप्रेती(बेलायत),संजय शान्ति सुबेदी(न्यूजिल्याण्ड), सुनिल संगम (पोर्तुगल) र तीर्थ संगम राई (कतार) र भगवती बस्नेत (नेपाल) सदस्य रहनु भएको छ । समितिको सदस्य सचिवमा भगवती बस्नेतलाई जिम्मेवारी दिइएको छ ।
समितिको सल्लाहकारहरुमा डा। गङ्गाप्रसाद उप्रेती (कुलपति,प्रज्ञा प्रतिष्ठान नेपाल),जीवा लामिछाने (जर्मनी),आश्विनी कोइराला (नेपाल),नीलम कार्की निहारिका(अमेरिका) र रमेश पौडेल (नेपाल) रहनु भएको छ ।   


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com