गुल्मीका शिक्षककाे काेराेनाले निधन-अस्पतालले गरयाे यतिसम्म लापरवाही !

Globe Nepal
Globe Nepal 7 दिन अगाडी

काठमाण्डाैं,जेठ ८ गते । गुल्मीका ४१ बर्षिय शिक्षककाे काेराेना भाइरसकाे निधन भएकाे छ।अहिलेसम्म एक जना मात्र अचानक काेराेना भाइरसकाे विरामी देखिएका शिक्षककाे नै निधन भएपछि अहिले उनलाइ कसरी भाइरस लाग्याे भनेर प्रश्न गर्न  थालिएकाे छ।गुल्मीबाट प्राप्त खवर अनुसार, स्थानीय स्कुलकाे प्रधानअध्यापक जिल्लाबाट कतै गएका थिएनन भने उनले काेराेनाकाे संक्रमणा बढेपछि स्थानीय स्तरमा हुने वैठक,सभा,समाराेहमा पनि भाग लिएका थिएनन।तर पनि उनलाइ काेराेना लाग्याे।र,उदेकलाग्दाे कुरा के हाे भने उनी वाहेक अरू कसैलाइ पनि याे भाइरस लागेकाे छैन।तर तिनै शिक्षकलाइ भाइरस लागेपछि रूपन्देहीमा उपचारकाे लागियाे जहाँ उनलाइ सुरू देखि नै सघन उपचार कक्षमा राखिएकाे थियाे।परिवार स्राेतका अनुसार,उनलाइ अलि थकान महशुश भएकाे थियाे।यसपछि उनी जचाउन गएका थिए।तर,अस्पतालमा लगेपछि उनकाे परिवारलाइ भने काेराेना लागेकाे वारेमा केही जानकारी दिइएकाे थिएन,बरू एकैपटक सामाजिक सञ्जालमा उनीलाइ भाइरस लागेकाे कुरा सार्वजनिक भएकाे थियाे।यसले परिवारमा झन तनाव दिएकाे थियाे।तर अस्पतालले भने यसवारेमा केही जानकारी परिवारलाइ गराएकाे थिएन।उनकाे मृत्युपछि शवलाइ परिवारलाइ छुन दिइएन भने नजिकै उनकाे शब दाह गरिएकाे थियाे।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com