नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्दै

नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्दै

एकै दिन १७ जनामा संक्रमण


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ । शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र ८ गते भने शून्य सङ्क्रमित रहेका थिए ।

चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो । सक्रिय सङ्क्रमितको संख्या ३० रहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

उनले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए । उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन सबैलाई भनेको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।