न्यूयोर्कमा बाघमा पनि भेटियो कोरोना भाइरस

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

एजेन्सी,अप्रिल ६। न्यूयोर्कको एक चिडियाखानामा रहेको बाघमा पनि कोरोना भाइरसको संक्रमण देखा परेको छ । कुनै पनि वन्यजन्तुमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । न्यूयोर्कको ब्रोंक्स चिडियाघरमा रहेको चार वर्षीया नादिया नामको मलायन जातिको बाघमा संक्रमण फेला परेको हो । बाघको हेरचाह गर्ने व्यक्ति संक्रमित भएको र तिनै संक्रमित व्यक्तिबाट बाघलाई संक्रमण सरेको अधिकारीहरुले जनाएका छन् । नादियाको बहिनी अजुलसंगै अन्य दुई बाघमा पनि संक्रमण देखा परेता पनि उनीहरुको स्वास्थ्यमा पूर्ण सुधार हुने अपेक्षा गरिएको छ । चिडियाघरमा रहेका अन्य जनावरमा चाहिं संक्रमण देखिएको छैन ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com