पारिवारिक कथामा ‘बगान’

पारिवारिक कथामा ‘बगान’


ग्लोब नेपाल
54
Shares

नेपाली चलचित्र ‘बगान’ असार २९ मा प्रदर्शन हुँदैछ । यो केही समयको अन्तरालमा पूर्ण पारिवारिक चलचित्र बनेको छ । अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल ‘बगान’ मार्फत निर्देशक बनेका छन् । डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्‍याउने लक्ष्य लिएका निर्देशक खनाल यसलाई स-परिवारले हेर्नु पर्ने बताए । 

‘हामीले यसलाई परिवारले एकसाथ हेर्नुहोस् भनेर तयार गरेका छौँ । एउटा परिवारले अन्य सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ’, निर्देशक खनालले भने,’यसमा समस्या मात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ । त्यसैले स-परिवारले हेर्दा आफूलाई महसुश गर्नुहुनेछ ।’ 

उनले आफ्नै परिवारमा महसुश गरिरहेको एउटा कथालाई पुस्तकमा पाएपछि उनले त्यसलाई ठूलोपर्दामार्फत समाजसम्म ल्याउने आट गरेका हुन् । उनी यसलाई सर्जकको दायित्व समेत बुझ्दछन् । ‘मलाई नाटककै लागि नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ रहेको कथा कथा मधे बगानले मलाई छोयो । यसलाई मैले परिवारमै समेत महसुश गरेको थिएँ’, उनले भने,’यो कथा म मार्फत नै भन्नु पर्छ भन्ने लागेर तयारी सुरू गरे र निर्देशक बने ।’

आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् । ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले गरेका छन् ।

स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।