प्रधानमन्त्रीले भने-विदेशमा रहेका नेपालीलाइ ल्याए काेराेनाले देश सखाप पार्छ

Globe Nepal
Globe Nepal 9 दिन अगाडी

काठमाण्डाैं,जेठ ६ गते । नेपालकाे नया नक्सा जारी गरेर चर्चा कमाइरहेकै बेलामा देश भन्दा बाहिर रहेका ४५ लाख नेपालीलाइ काेराेनाकाे कहरमा स्वेदश फिर्ता गर्ने भन्ने विषयमा दिएकाे अभिब्यक्तिले प्रधानमन्त्री केपी अेाली विवादमा परेका छन।उनले मंगलवार संसदमा वाेल्दै विदेशमा रहेका नेपालीलाइ ल्याउन नसक्ने बताएका छन।उनले भने-विदेशमा रहेका नेपालीलाइ ल्याएर याे देशलाइ काेराेनाकाे संक्रमणमा पार्ने ? देशलाइ साेत्तर पार्ने ? याे काम हुन सक्दैन।

प्रधानमन्त्री अेालीले निकै कडा रूपमा दिएकाे याे अभिब्यक्तिले विदेशमा रहेका नेपालीकाे मन दुखेकाे छ।कामकाे लागि विदेश गएका,विदेशमा भिसा सकिएर बसेका,विदेश कामविहिन भएका नेपालीलाइ यसरी वाेलेपछि चित्त दुखेकाे छ।

यसअघि विदेशमा रहेका नेपाली सरकारले स्वदेश फर्काउन कुनै न कुनै उपाय गर्ने अपेक्षामा थिए। तर प्रधानमन्त्री अेालीले यसमा ठाडाे जवाफ दिएर सवैकाे मन दुखाइदिएका छन।प्रधानमन्त्री अेालीलाइ सांसदहरूले अन्य देशले अाफना नागरिक फिर्ता लगेकाे प्रसंग सुनाउदै रेमिटेन्स नेपाल पठाएर देशकाे अर्थतन्त्र धान्न मद्धत गरेकाहरूलाइ अब मद्दत गर्नुपर्ने सुझाव दिएका थिए।तर,प्रधानमन्त्री अेालीले अन्य देशका सय दुइ जना मात्र विदेशी भएकाेले लगेकाे भन्दै विदेशमा रहेका लाखाैं नेपालीलाइ ल्याउन नसक्ने बताए।उनले भने-हामीसंग कतिवटा विमान छ ? कतिलाइ ल्याउने ? यहा ल्याएर सारालाइ साेतर पार्ने ?


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com