मेरिल्याण्डका बिजेताहरु
एनआरएन च्याप्टरमा डोलनाथ घिमिरे निर्वाचित

Globe Nepal
Globe Nepal 2019-05-20

बाल्टिमोर,अमेरिका,मे २० । एनआरएन अमेरिकाको चुनावी परिणाम सार्वजनिक भएको छ । यसपटकको चुनावी परिणाम अनुसार टेक्सासका अधिकांश उम्मेदवारहरुको एनआरएन एनसीसीमा वर्चश्व कायम भएको छ । अध्यक्ष सुनील साह,वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे,सचिव अमृत कट्टेल (ओक्लोहामा),सह कोषाध्यक्ष सन्तोष विष्टसहितका पदाधिकारी र बोर्ड सदस्य सीपी पौडेल,जीवनकुमार जोशी,पदम ठकुराठी टेक्सास क्षेत्रका हुन् भने यता मेरिल्याण्ड राज्यका पनि अधिकांश उम्मेदवार नेतृत्वमा बिजयी भएका छन् ।
मेरिल्याण्डका बिजेताहरु
यसपटक मेरिल्याण्डको च्याप्टर नेतृत्वमा पनि चुनावी प्रतिष्पर्धा भएको थियो । जस अनुसार नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टरका सचिव समेत रहेका डोलनाथ घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी सचिवमा बिष्णु बराल निर्वाचित भएका छन् । बिजेता घिमिरेले तीन सय ७९ मत ल्याए भने प्रतिष्पर्धी महेन्द्र देशारले तीन सय ३६ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा बरालले चार सय २० मत र प्रतिष्पर्धी मनोज रेग्मीले दुई सय ७८ मत ल्याए । अन्य पदमा निर्विरोध नेतृत्व चयन भएको छ । जस अनुसार उपाध्यक्षमा राजु पराजुली,कोषाध्यक्षमा सुमित्रा गुरुङ,महिला संयोजकमा सिर्जना पोखरेल र युवा संयोजकमा रुतमान गुरुङ निर्विरोध भएका छन् भने बोर्ड सदस्यहरुमा बबिता तामाङ्ग,भारत थापा,ज्ञानहरी घिमिरे,ओशाबिन कुमार श्रेष्ठ र सुदर्शन पौडेल छन् ।
एनसीसी र आइसीसीमा यी हुन मेरिल्याण्डका बिजेता 
यसैगरी एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदमा पनि मेरिल्याण्ड राज्यको तर्फबाट उत्साहजनक प्रतिनिधित्व भएको छ । एनसीसीको दक्षिण क्षेत्रीय उपाध्यक्षमा मेरिल्याण्डका कृष्णजीवी पन्थ निर्वाचित भएका छन् । उनले कूल चार हजार ६ सय ३९ मत ल्याएका छन् । उनले प्राप्त गरेको यो मत यसपटकको निर्वाचनमा प्राप्त गरेको सर्वाधिक बढी मत हो । अर्थात सम्पूर्ण विजेता मध्ये पन्थले सर्वाधिक मत ल्याएर जित हात पारे । यसैगरी बोर्ड अफ डाइरेक्टरमा मेरिल्याण्ड राज्यबाट बिजयी हुनेहरुमा च्याप्टरका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ (२,१३९ मत), चित्रा कार्की (२,०५९ मत),अम्मर छन्त्याल(१,८७६ मत) र धरम विश्वकर्मा (१,८७० मत) छन् । आइसीसी सदस्यमा जेदू पोखरेल (३,९८९ मत) र शिवराज पौडेल (३,२५५ मत) सहित बिजयी भएका छन् ।

सम्पूर्ण निर्वाचन परिणामका लागि यहाँ क्लिक गर्नुहोला 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com