लस भेगास नरसंहारमा ५९ जनाको मृत्यु

Globe Nepal
Globe Nepal 2017-10-02

लसभेगास, अक्टोवर २ /अमेरिकाको पर्यटकीय नगरी लस भेगासमा भएको वन्दुक धारीको अन्धाधुन्ध आक्रमणमा कम्तीमा ५९ जनाको मृत्यु भएको छ । ५२७  जनाभन्दा बढी घाइते भएका छन् ।  ६४ वर्षीय स्टेफन प्याडेक नामका वन्दूकधारीले आक्रमण गर्दा पचास जनाको दुखद निधन भएको हो । हजारौ मानिसहरु काउन्टीका सुपर स्टार कन्सर्ट चलिरहेको वेलामा नजिकैको मन्लेला वे होटलको ३२ औ तल्लावाट ती वन्दूक धारीले आक्रमण  गरेका थिए । उक्त घटना स्थानीय समय अनुसार राति १० वजेर ८ मिनेट जाँदा भएको थियो ईष्टर्न समय अनुसार रातीको १ वजेर ८ मिनेट जाँदा दुर्घटना भएको थियो । उक्त घटनामा दुई प्रहरी घाईते भएका छन, सिएनएनका अनुसार एक जनाको अवस्था चिन्ताजनक रहेको छ भने अर्का प्रहरी सामान्य घाईते भएका छ् । सञ्चारमाध्यमहरुले अमेरिकी आधुनिक ईतिहासको सवैभन्दा ठूलो सामूहिक हत्या भएको जनाएका छन् । 

लसभेगासमा भएको उक्त कन्सर्टमा ३० हजारले कन्सर्ट हेरिरहेका थिए, उनीहरुलाई लक्षित गरी आक्रमण कारीले आक्रमण गरेका थिए । पछि प्रहरीको कारवाहीमा ती आक्रमण कारीको निधन भएको छ । उनी नभडा राज्यको मस्क्वेटको वासिन्दा भएको प्रहरीले जनाएका छन् । उनको घरको एरिया घटनास्थलवाट ८० माईल टाढा रहेको प्रारम्भिक अनुसन्धावाट खुल्न आएको छ । घटनामा चारसय जनाका घाईते भएको जनाएको छ ,प्रत्यक्षदर्शीहरुका अनुसार कम्तिमा सय राउण्ड भन्दा वढी गोली चलाएका थिए । 

यसैवीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्टिट मार्फत मेरो गहिरो समवेदना र सहानुभूति भन्दै पिडीत परिवारलाई सान्त्वना दिएक छन् । उनले लेखेका छन लसभेगासको त्रासदीपूर्ण आक्रमणको का पिडितहरुलाई मेरो सहानुभूति छ । 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com