लेजको उत्पादक भारतीय कम्पनीको मिलेमतोमा नेपाली वितरक डुबाउने खेल
लेजको उत्पादक भारतीय कम्पनीको मिलेमतोमा नेपाली वितरक डुबाउने खेल

Globe Nepal
Globe Nepal 2017-01-31

काठमाडौं । भारतीय जंक फुड लेज र कुरकुरेको मुख्य वितरक र सहायक वितरकबीच भएको विवाद अदालत नै पुग्ने तहमा विकसित भएको छ । 
मुख्य वितरक र्यांक ट्रेड प्रालीले लेज र कुरकुरे वितरण भइरहेको  थियो । मुख्य वितरकको जिम्मेवारी र्यांक ट्रेडको ठाउँमा एडभान्टेज इन्टरनेसनल प्रालीले लिएको छ । नयाँ मुख्य वितरक आएपछि सहायक वितरकहरुबीच नाफा प्रतिशतको विषयमा विवाद उत्पन्न भएपछि यस्तो अवस्था आएको हो । पहिलेको मुख्य वितरकले यस्ता खाद्य पदार्थमा सहायक वितरकहरुकालागि साढे सात प्रतिशत दिने गरेको थियो । किनेको विलबाट थप एक प्रतिशत जोडेर साढे आठ प्रतिशत नाफामा सहायक वितरकहरुले कारोबार गरिरहेका थिए । 
नयाँ मुख्य वितरक एडभान्टेजले मार्जिन घटाएर मात्रै माल दिन सक्ने शर्त राख्यो । जुन सहायक वितरकहरुले अस्वीकार गरेका छन् । काठमाडौंमा ११ वितरक मध्येका एक योगेन्द्र कार्कीले भने, ‘हामीलाई पूर्व सूचना नदिइ नेपालको चर्चित मिडियाको समेत अदृश्य लगानीले चलेको एडभान्टेजविरुद्ध खरो रुपमा उत्रने र अदालत सम्म जान्छौं ।’
उनले भने , ‘एडभान्टेजले वास्ता नगरी हाम्रो काम कर्तव्य माथि खेलवाड गर्न खोजेको र मजदुरको रोजीरोटी खोसेकोले कानुनी बाटो अपनाएर अगाडि बढ्छौं । ’ 
भूकम्प यता कुरकुरे र लेजले नेपालमा सामान ल्याउन सकेका थिएनन् । नयाँ मुख्य वितरक आएपछि सहायक वितरकहरुको मार्जिन पनि घटाउने निर्णय भएको छ । जसका कारण सहयाक वितरकहरुले आफूहरु अन्यायमा परेको बताएका छन् । लेज र कुरकुरेको वितरकको काम गर्दैै आएका यी वितरकहरुलाई अहिले समस्या भएको छ । लेजको काम गर्दा पुरानालाई नदिने, दिँदा पनि बाँच्नै नसक्ने गरी मार्जिन काट्ने नियोजित खेल भएपछि वितरकहरु आक्रोशित भएका हुन् ।
११ सहायक वितरकहरुले र्यांकसँगको कारोबारका क्रममा बैक ग्यारेन्टी राखेर  मुख्य वितरकको पैसा नडुब्ने निश्चितता प्रदान गरेका थिए । तर त्यसमा पनि एक प्रतिशत हावा गएको वा रिर्टन हुने सामानको समेत भुक्तानी डिलरहरुले पाउन नसकेको गुनासो गरेका छन् । 
नियतवस खडा गरिएको  एडभान्टेजका एमडी रोहीत कोहलीले वरुण वेभरेजका पूर्व कार्यकारी अधिकृत हुन् । रोहीतले सञ्चालन गरेको सो कम्पनीमा एरिया म्यानेजरको रुपमा मनोज आचार्य समेत वितरकहरुलाई तनाव दिइ पन्छाउने नियतीमा लागेको स्रोतले बताएको छ । रोहीतसँग पटक पटक मिटिङ हुँदा पनि मार्जिन घटाएर काम गर्ने भए मात्रै वितरणको काम दिने बताउने गरेका छन् । नत्र वितरकलाई जे पनि गर्न सक्ने धम्की दिँदै हिँडेका छन् । 
यस विषयमा वितरकहरुले अदालतको स्टे अर्डर लिइ एडभान्टेजलाई आफूहरुलाई सिध्याउने खेल खेलेकोले सहजै काम गर्न नदिने उदघोष समेत गरेका छन् । 

यस प्रकरणमा पीडित हुने वितरकहरुमा लोहनी ट्रेडर्स, गन्डकी ग्लोबल ट्रेड लिंक, स्वर्णीम ट्रेडर्स, भिजन इन्टरनेसनल सप्लायर्स, एलएस ्ब्रदर्स, शुभलक्ष्मी ट्रेड कन्सर्न, शुभलक्ष्मी मार्केटिङ, नेस ट्रेडर्स, कल्याणकारी ट्रेडर्स, एसपी ट्रेडर्स लगायत छन् । 

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com