वावुरामकाे भण्डाफाेर पुर्वसहयात्री दाहालले यसरी गरे, भटटराइ रअकाे दुत भएकाे दावी

Globe Nepal
Globe Nepal 29 दिन अगाडी

काठमाण्डाैं,वैशाख १७ गते । कुनै समयमा डा.बाबुराम भटटराइसंग मिलेर राजनीति गरेका भरत दाहालले गम्भीर अभियाेग लगाएका छन।तत्कालिन माअेावादी पार्टी पाेलिटब्युराे सदस्य सम्म भएका दाहालले पछि भुमिगत राजनीति त्यागेका थिए।तिनै दाहालले वुधवार वावुराम विरूद्ध कडा अभिब्यक्ति दिएका छन।सरकार विरूद्ध अभिब्यक्ति दिदै हिडेका भटटराइलाइ दाहालले भने रअकाे दुत भनेर अभियाेग लगाएका छन।उनले तथ्य र तथ्यांक राख्दै वावुरामकाे भण्डाफाेर यसरी गरेका छन।

साम्राज्यवादले सिंगार्न थालेको बाबुराम भट्टराई को हो ?

१. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी।
२. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि।
३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही।
४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल।
५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन।
६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट।
७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व।
८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र।
९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङहरु खोज्दै हिंड्ने विचारसून्य दलबदलु।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com