विश्वमा काेराेनाले १ लाखकाे ज्यान लियाे, अमेरिकामा एकै रातमा २ हजारकाे मृत्यु

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,चैत २९ गते । विश्वमा काेराेना भाइरसकाे कारण ज्यान गुमाउनेकाे संख्या १ लाख नाघेकाे छ।चीनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरस यतिवेला युराेप र अमेरिकामा ठुलाे समस्याकाे विषय बनेकाे छ तर चीन भने याे समस्याबाट उम्किएकाे छ। गएराती मात्र विश्वभर मृत्यु हुने मानिसकाे संख्या ६हजार ९सय ७१ भएपछि मृत्यु संख्या एकै पटक १ लाख २हजार ६८४ पुगेकाे हाे।

काेराेना भाइरसले विश्वलाइ नै त्रसित पारेकेा छ। यतिवेला भने काेराेना संक्रमण र मृत्यु दुवै अमेरिकामा सवैभन्दा ज्यादा भइरहेकेा छ।अमेरिकामा गएराती मात्र २ हजार ३५ जनाकाे ज्यान गएकाे छ।५लाख भन्दा ज्यादा मानिस संक्रमित भएका छन भने एकै रातमा ३३हजार भन्दा बढी नया संक्रमित विरामी देखा परेका छन।

अमेरिका पछि युराेप सवैभन्दा बढी असर भएकाे स्थल हाे । युराेपकाे स्पेनमा सवैभन्दा बढी संक्रमित देखिएका छन भने मृत्यु संख्या फ्रान्समा बढी देखिएकाे छ।गएराती फ्रान्समा मात्र ९८७ जनाकाे ज्यान गएकाे छ भने वेलायतमा ९८०जनाकाे ज्यान गएकाे छ।

यता दक्षिण एशियामा भारत सवैभन्दा संक्रमित भएकाे देश हाे । यहाँ गएराती मात्र २२ जनाकाे ज्यान गएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com