स्वास्थ्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए । नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित…