मुख्यमन्त्रीले विश्वासको मत लिन सुदूरपश्चिमको प्रदेशसभा बैठक आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक आह्वान गरिएको छ । बैठक जेठ ३ गते बिहान सवा १० बजेका लागि आह्वान गरिएको हो ।  यस बैठकबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरिएको छ । सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१ जेठ ३ गते बिहीबार बिहान १०:…