गुल्मीमा आगोलागीले नेपाल टेलिकमको टावरमा क्षति

गुल्मी । गुल्मीमा आगोलागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ । मालिका गाउँपालिका वडानम्बर-५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभिन्न उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । आगोलागीबाट नेपाल टेलिकमको बि.टि.एस. टावरमा जडान भएको सोलार प्यानलको तार, सोलार ब्याट्रि ७२ वटा, विद्युत मिटरबक्स, केबुल(तारहरु) सम्पुर्ण…